सर्लाही, मंसिर २७ – मंसीर २१ गते प्रतिनीधी र प्रदेश सभा सदस्यका लागि सर्लाहीमा भएको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारिका अनुसार ४ प्रतिनिधी सभा मध्ये २ ओटामा राजपा विजयी भएको छ भने नेपाली काँग्रेस र वाम गठबन्धनले एक एक क्षेत्र जितेका छन् ।सर्लाहीमा भएको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिकको लागि तस्बिर परिणाम

प्रतिनिधी सभा सदस्यमा सर्लाही क्षेत्र नम्बर १ मा राजपाका प्रमोद साह, २ मा राजापा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय, ३ मा वाम गठबन्धनका रामेश्वर राय र ४ मा नेपाली काँग्रेसका अमरेश कुमार सिंह विजयी भएका हुन् ।

त्यस्तै ८ प्रदेश सभा रहेको सर्लाहीमा नेपाली काँग्रेस, वाम गठबन्धन, राजपा र संघीय समाजवादी फोरम २/२ ठाउँमा विजयी भएका छन् । प्रदेश सभा तर्फ १ को क मा राजपाका उपेन्द्र महतो, ख मा वाम गठबन्धनकी बेची लुंगेली, २ को क मा राजपाका गौरीनारायण महतो, ख मा संघीय समाजवादी फोरमका अशोक यादव, ३ को क मा वाम गठबन्धनका डिल्ली उप्रेती, ख मा संघीय समाजवादी फोरमका संजय कुमार यादव , ४ को क मा नेपाली काँग्रेसका विरेन्द्र प्रसाद साह, ख मा काँग्रेसकै उपेन्द्र प्रसाद कुशवाहा विजयी भएका मुख्य निर्वाचन अधिकृत राजेश कुमार काफ्लेले जानकारी दिनु भयो ।

४ प्रतिनिधी र ८ प्रदेश सभाका लागि सर्लाहीमा भएको निर्वाचनमा कुल ३ लाख ८५ हजार ५ सय ८१ मतदाता मध्ये करीब ६५ प्रतिशतले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*