सर्लाही, मंसिर २५ – सर्लाहिमा निकै मतत्वका साथ हेरिएको सर्लाहि क्षेत्रनम्बर १ प्रतिनिधिसभाको मतपरिणाम सार्वजनिक भएको छ । जसमा राजपाका उम्मेदवार प्रमोद शाह बिजयी हुनुभएको छ ।

Image may contain: 1 person, smiling

उहाँ बाम गठबन्धनका उम्मेदवार ध्रुव गौतमभन्दा ५७२ मतले बिजयी हुनुभएको हो । शाहले २२०३६ मत प्राप्त गर्नुभएको थियो भने प्रतिद्वन्दि गौतमले २१४६४ मत पाउनुभएको थियो ।

आमा मझीदेवी तथा बुवा गणेश साहबाट विक्रम संवत २०३५ साल पुष ८ गते सर्लाहीको मलंगवामा जन्मनुभएका शाह विद्यार्थी मञ्चको केन्द्रीय सदस्य हुँदै सदभावना पार्टीका जिल्ला अध्यक्ष बन्नुभएको थियो ।

उहाँले जनकपुरको आरआर क्याम्पसबाट समाजशास्त्रमा स्नातक तह उत्तीर्ण गर्नुभएको छ । तराइ मधेशमा रहेका दलहरु मिलेर बनेको राजपा नेपालबाट उम्मेदवार बन्नु भएका साह तराइ मधेश आन्दोलन पछि राजनीतिमा सक्रिय हुनुभएको हो ।

उहाँ विगतमा सदभावना पार्टीको जिल्ला अध्यक्ष समेत हुनुहुन्थ्यो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*