सर्लाही, मंसिर १७ – नयाँ शक्ती पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइले संविधान संशोधन बिना देशले निकास पाउन नसक्ने बताउनुभएको छ । सर्लाहीको बरहथवामा आयोजित चुनावी सभालाइ संम्बोधन गर्दै डा भट्टराइले मधेशी जनताको अधिकारको लागि पनि जारी संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।डा बाबुराम भट्टराइको लागि तस्बिर परिणाम

उहाँले अहिलेको संविधान सवै जनताको भावना अनुसारको नभएकाले संबिधान संसोधन गर्न नयाँ शक्ती पार्टीको मधेशमा आवश्यक रहेको बताउनुभयो। पुराना पार्टीका नेताहरु जनतालाइ झुक्याउने खेलमा लागेकाले संबृद देश बनाउनका लागि युवा शक्तिको आवश्यक रहेको उहाले भनाई थियो ।

आफ्नो पार्टी पुणः समानुपातिक निर्वाचन र प्रत्क्षय कार्यकारी राष्ट्रपति प्रणालीमा रहेको भट्टराइले बताउनुभयो। बिकासको नाममा तराइको हुलाकी राजमार्ग अहिलेका नेताहरुको कमाइ खाने भाडो भएको बताउदै उहाले पुराना नेतालाइ पाखा लगाउदै नयाशक्तीको आवश्क रहेको बताउनुभयो।

आफुलाइ ठुला दल भन्ने पार्टीहरु मधेशको बिकास र मधेशी जनताको बिरोधी रहेको आरोप लगाउनुभयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*