मनोज यादव, मलङ्वा । पौष १२ – सर्लाहीको कौडेना गाउँ पालिकाको प्रथम गाउँ सभाको समुद्घाटन बुधवार सम्पन्न भएको छ । गाउँ पालिकाका मेयर(अध्यक्ष) राम प्रसाद राय यादव को सभापतित्व तथा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यमा भएको गाउँ सभाले आर्थिक वर्ष २०७४/७५ को लागि २९करोड३४ लाख ४८ हजार र आउदो आर्थिक वर्ष ०७५/७६ को लागि अनुमानित बजेट ३१ करोड ९४ लाख ९२ हजार ८ सय जम्मा बजेट बिनियोजन गरेको अध्यक्ष यादवले जानकारी दिनुभएको छ ।

बिनियोजित बजेट बाट कृषि , शिक्षा , बिभिन्न भौतिक संरचनाको निर्माण , मर्मत ,सडक र सिंचाइ तर्फ खर्च गरिने बताइएको छ । गाउँ पालिकाको आफ्नै भवनको परिसरमा सम्पन्न सभामा गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादव, कविलासी नपा का मेयर कौशल किशोर राय , शुरक्षा निकायका शुरक्षा प्रमुख, बडा अध्यक्ष ( उपाध्यक्ष , सदस्य र स्थानीयबासी लगायतका हरुको बाक्लो उपस्थिति रहेको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*