सर्लाही, मंसिर १८ – सर्लाहीको बागमतीमा मतदाता शिक्षा समन्धी एकदिने कार्यक्रम सम्पन्न भएको छ । यहि आउदो मङ्गसिर २१गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचनलाई लक्षित गर्दै कार्यक्रम गरिएको हो ।ढुकढुकि एफ. एम. को फोटो।

कार्यक्रममा निर्बाचनका समयमा मतदान कसरी गर्ने र कसरी मतदान गर्दा मतपत्र कम बदर गराउन सकिन्छ भन्ने बारेमा जानकारी गराईएको थियो । चतुर्भुजेश्वर जनता मा बि सुकेपोखरीका शिक्षक शेरबहादुर बुढाथोकीको प्रमुख आतिथ्यता एवम् बागमती नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष गम्भिर सिङ्ग पाख्रीनको अध्यक्षतामा भएको कार्यक्रमको उदेश्यकोबारे कार्यक्रम संयोजक बोधराज बस्नेतले प्रस्ट्याउनु भएको थियो ।

स्कोप नेपाल काठमान्डौको आयोजनामा कार्यक्रम बागमती नगरपालिका १ डुमाजोर प्राबीको हलमा भएको हो । कार्यक्रममा स्थानिय मतदाता संघ सस्थाका प्रतिनिधी शिक्षक सन्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*