सर्लाही, पौष १३ – सर्लाहीको हरिवन नगरपालिका क्षेत्र भित्र पर्ने राजमार्गको दायाँबाया ७५ फिट क्षेत्र खाली गरिने भएको छ । हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेख मेहबुव रेजाको अध्यक्षतामा पौष ९ गते बसेको सर्वदलीय बैठकको निर्णय अनुसार नगरपालिकाको पूर्व लखनदेही खोला देखि पश्चिम नयाँरोड हरिवन खोला सम्म करीब ७ किलोमिटर भित्र पर्ने राजमार्गको दायाँबायाँ ७५ फिड क्लियर गर्ने भएको हो ।राजमार्ग क्षेत्रमा दुर्घट्नाका जोखिम बढी हुने भएको भन्दै राजमार्गको दायाँबाया रहेका घर टहरा, ठेला पसल, नाङ्गलो पसल, फलफुल पसल लगायतका पसहरुका साथै राजमार्ग क्षेत्र अतिक्रमण गरी लगाइएका बालीनाली समेत हटाउन नगरवासिलाई नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले उक्त संरचना हटाउन र ७५ फिट क्षेत्र खाली गर्न १५ दिनको समय दिएको छ ।

नगरपालिकाको आग्रहलाई व्यवास्था गरी राजमार्ग क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा, बालीनाली तथा घुम्ती पसलहरु नहटाए नगरपालिकाले डोजर लगाएर हटाउन बाध्य हुने नगरपालिकाले जनाएको छ ।

साथै ७५ फिट राजमार्ग क्षेत्र खाली गराउने नगरपालिकाको अभियानमा सहयोग गरी दिन स्थानीयवासी, प्रहरी प्रसाशन लाई समेत नगरपालिकाले आग्रह गरेको नगरपालिकाका सूचना अधिकारी चित्र विश्वकर्माले जानकारी दिनु भयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*