प्रेमनाथ पौडेल ।  सर्लाही, मंसिर १८ – सर्लाहीको हरिवन नगरपालिका ११ मा २६ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा हिजो मिष्ठान्न भोजनका एवम सम्मान कार्यक्रम गरिएको छ ।

अपाङ्ग संजाल हरिवनको आयोजनामा आयोजित कार्यक्रममा संजालका अध्यक्ष थिरकुमार भट्टराईको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर ३ का प्रदेश सभाका उम्मेद्धार डिल्ली प्रसाद उप्रेतिको प्रमुख आतीथ्यतामा अपाङ्गहरुलाई मिष्ठान्न भोजन गराईएको हो । साथै कार्यक्रममा ३० जना अपाङ्गहरुलाई देसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा बक्ताहरुले राज्यले अपाङ्गता भएका हरुलाई केहि व्यवस्था गरेको भएपनि त्यो पुर्ण नभएको र अझै उपेक्षाको दृष्टीकोणले हेरिएको हुँदा अपाङ्गलाई अपाङ्ग नभई मायाको दृष्टीकोणले हेरि साथ र सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई, महिला नेतृ संचिता घिमिरे, पद्धमा मोक्त्तान, पार्वति विश्वकर्मा लगाएतले मन्तव्य राख्नुभएको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*