सर्लाही, पौष ९ – सामान्यतया पुरुषले महिलालाई, महिलाले पुरुषलाई बलात्कार गर्ने घट्ना सुनिने गरेको भए पनि सर्लाहीमा भने पुरुषद्वारा पुरुष नै बलात्कारको सिकार भएको घट्ना बाहिर आएको छ ।

बालक बलात्‍कृतको लागि तस्बिर परिणाम

सर्लाही सदरमुकाम मलंगवामा एक घरमा डेरा गरि बस्दै आएका एक १३ वर्षिय बालकलाई अर्को घरमा डेरा गरी वस्ने एक पुरुषले बलात्कार गरेका हुन । पिडित बालकका बुवा साविक किशनपुर गाविस वडा न १ र हालको चन्द्रनगर गाउँ पालिका १ निवासी इन्द्रदेव यादवले जिल्ला प्रहरी कार्यालय मलंगवामा दिएको लिखित जाहेरी अनुसार मलंगवा वडा न १० स्थित नथुनी चौधरीको घरमा बिगत ६ वर्ष देखि डेरा गरि बस्दै आइरहेका यादवका छोरा वर्ष १३ का छोरालाई सोही घरको अर्को कोठामा भाडामा बस्ने रुपेश कुमार मंडलले गत पुस २ गते राति आफ्नो कोठामा पाहुना आएको छ, सुत्ने ठाउँ अपुग भएकोले आज रातिको लागि तिम्रै कोठामा सुत्छु भनेर अनुरोध गरेपछि निजलाइ आफु सँगै सुताएका थिए ।

राति करिब १० बजे मंडलले पिडित बालकलाई धाक, धम्की र डर देखाए जबर्जस्ती गरेको पिडित बालकले बताएका छन् । पिडित बालकका बुवा इन्द्रदेव यादवले छोरा माथि भएको जबर्जस्ती करणी सम्बन्धि सम्पूर्ण सबुत प्रमाण सहित पुस ४ गते जिप्रका मलंगवामा लिखित जाहेरी दिइ सकेको बताएका छन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*