सर्लाही, पौष ९ – सर्लाहीको बागमती नगरपालिका क्षेत्रमा संचालित सामुदायिक विद्यालयको छड्के निरिक्षण गरिएको छ । बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले बिहान सबेरै विभिन्न बिद्यालयमा पुगेर विद्यालयको छड्के निरिक्षण गर्नु भएको हो ।

बागमती नगरपालिका ८ मा रहेको श्री नव जनजागरण माध्यामीक विद्यालय लगायत ४ वटा विद्यालयको निरिक्षण गरियको हो । विद्यालयमा शिक्षकको उपस्थिती, नियमित पठन पाठन, विद्यालयको भौतिक संरचनाको अवस्था लगाएतको निरिक्षण गरिएको मेयर थापाले बताउनु भयो । मेयर थापाले बागमती नगरपालिका ८ को श्री नव जनजागरण माध्यामीक विद्यालयका विद्यार्थी तथा शिक्षक शिक्षिका सगँ केही समय अन्तरकृया समेत गर्नु भएको थियो ।विद्यालयको लागि तस्बिर परिणाम

अन्तर कृयाको क्रममा विद्यार्थीहरुले विद्यालयका केही शिक्षक शिक्षिका नियमित विद्यालय नआउने गरेको गुनासो गरेका छन् । विद्यार्थीले विद्यालयमा रहेको लाईब्रेरी तथा कंप्युटर ल्याव संचालनमा नरहेको बारेमा समेत मेयर थापालाई जानकारी गराएका थिए । नियमित विद्यालय उपस्थित नहुने शिक्षक विजय कुमार पाण्डेलाई लिखित स्पस्टीकरण सहित ७ दिन भित्र नगरपालिका कार्यलयमा उपस्थित हुन निर्देशन दिएको छ ।

मेयर थापाले नगरपालिका क्षेत्रमा रहेका सम्पुण विद्यालयलाई क्रमीक रुपमा इङलिस मिडियममा पठन पाठन गराउने तयारी गरिएको बताउनु भयो । विद्यालयको शैक्षिक गुणस्तर क्रमिक रुपमा सुधार गरिएको बताउनु भयो । कार्यक्रममा विद्यालयको विद्यालयको बातावरण विद्यार्थी मैत्री बनाउने प्रयासमा अभिभावकको सहयोग नपाएको प्रधानाध्यापक जवाहरलाल कुश्वाहले बताउनु भयो ।

विद्यालयको पठन पाठन विद्यार्थीको भविष्य भएकोले विद्यार्थीको भविष्यमाथी कुनै किसिमको खेलवाड आफुलाई मान्य नहुने उहाँको भनाई छ । नगरक्षेत्रका सम्पुर्ण बिद्यालयमा कंम्प्युटर शिक्षा अनिवार्य गरिने समेत उँहाले बताउनु भयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*