सर्लाही, पौष २ – सर्लाहीमा मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना सकिएको छ । आईतवार बिहान सम्ममा जिल्लाको ४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको मूख्य निर्वाचन अधिकृत राजेश कुमार काफ्लेले जानकारी दिनुभयो ।Image result for सर्लाही

अन्तिम नतिजा अनुसार सर्लाहीमा समानुपातिक तर्फपनि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालनै पहिलो भएको छ । राजपा नेपालले एक लाख ३९ हजार १ सय मत प्राप्त गरेको छ । नेपाली काँगे्रसले दोस्रो स्थानमा रहँदै राजपा नेपाल भन्दा करिव १० हजार कम मत ल्याएको छ । काँगे्रसले १ लाख १९ हजार २ सय ८६ मत प्राप्तगरि दोस्रो भएको हो ।

यसैगरि नेकपा एमालेले ६० हजार ४ सय ६४, माओवादी केन्द्रले ५७ हजार १ सय ७१ र संघीय समाजवादी फोरमले ३४ हजार २ सय १४ मत प्राप्त गरेका छन् । केही प्राविधिक कारणबस अन्य जिल्लाको भन्दा सर्लाहीमा समानुपातिक तर्फको मतगणनामा ढिलाइ भएको मूख्य निर्वाचन अधिकृत काफ्लेले जानकारी दिनुभयो । सर्लाहीमा प्रत्यक्ष तर्फको मतगणना भने केही दिनअघि नै सम्पन्न भैसकेको छ ।

जसमा प्रतिनिधी सभा तर्फ राजपा नेपालले दुई, काँगे्रस र बाम गठवन्धनले एक–एक तथा प्रदेश सभा सदस्य तर्फ राजपा नेपालले चार, बाम गठवन्धन र काँगे्रसले दुई–दुई सिट जितेका छन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*