सर्लाही, पौष ४ – प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा १ सय ६९ जनाको धरौटी रकम जफत भएको छ । सर्लाहीमा ४ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ८ प्रदेश सभा निर्वाचन क्षेत्र कायम भएको थियो । प्रतिनिधी र प्रदेश सभा सदस्य गरी १२ सदस्यका लागी जिल्लामा क्रमशः प्रतिनिधी सभामा ७४ जना र प्रदेश सभामा १ सय ३२ जना गरी २ सय ६ जनाको उम्मेदवारी परेको थियो ।

सर्लाहीमा प्रतिनिधीसभा तर्फ ७४ उम्मेदवारमा ६२ जनाको धरौटी रकम जफत भएको छ । ८ जना उम्मेदवारले धरौटी सुरक्षित गरेका छन् । प्रदेशसभा तर्फ १ सय ३२ जना मध्ये १ सय ७ जनाको धरौटी जफत भएको छ भने १७ उम्मेदवारले धरौटी रकम फिर्ता पाएका हुन् ।Image result for धरौटी जफत

धरौटी फिर्ता लिनेमा वाम गठवन्धन, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टिका उम्मेदवार रहेका छन् । धरौटी रकम जफत हुनेमा साना दलका उम्मेदवार रहेका छन् । प्रतेक निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

कमजोर मतदाता शिक्षाका कारण सर्लाहीमा स्थानिय तहको निर्वाचनमा भन्दा धेरै मत बदर भएको छ । स्थानिय तहको मतपत्र भन्दा सानो तथा सरल भनिएको प्रदेश र प्रतिनिधी सभा निर्वाचनको मत बदर संख्याले जिल्लामा मतदाता शिक्षा अत्यन्त कमजोर सावित भएको छ ।जिल्लाको उत्तरी क्षेत्र भन्दा भित्री मधेसमा झण्डै २ गुणाले धेरै मत बदर संख्या देखिएको तथ्यांकमा उल्लेख छ ।

मतदाता शिक्षाका कर्मचारीले प्रतेक मतदाताको घर घरमा पुग्नु पर्ने भएपनि त्यसो हुन नसकेको निर्वाचन कार्यालयका अधिकारी दिवाकर भुजेलको भनाई छ । तीन लाख ८५ हजार ५ सय ८१ मतदाता रहेको सर्लाहीमा ६८ दशमलव ८२ प्रतिशत मत खसेको थियो ।

जसमध्ये सर्लाहीमा ६ दशमलव ७३ प्रतिशत अर्थात १७ हजार ८ सय ३७ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अत्यधिक मत बदर हुने निर्वाचन क्षेत्र बनेको छ । ४ नं निर्वाचन क्षेत्रमा जिल्लाको अरु क्षेत्र भन्दा २ गुणाले बढी ६ हजार १ सय २८ मत बदर भएको छ ।

कुल मतदाता मध्ये ७० दशमलव ७२ प्रतिशत अर्थात ६५ हजार ४ सय ४० मत खसेको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*