सर्लाही, पौष १३ – गोडैता नगरपालिकाको प्रथम नगर सभाको समुदघाटन बिहीवार सम्पन्न भएको छ । बेणीभोला नमुना उच्च मा.विको प्रागंनमा सम्पन्न नगर सभा जिल्लाका सम्पूर्ण नगरपालिकाहरु मध्ये बाट पहिलो नगर सभा बनेको छ ।

नगरपालिकाका नगर प्रमुख देवेन्द्र यादव ले नगरपालिकाको प्रथम नगर सभामा आर्थिक वर्ष २०७४र७५ को लागि रु. ३१ करोड ७३ लाख ३६ हजार बजेट प्रस्तुत गरेका छन् । प्रथम सभाबाट पुर्वाधार विकास निर्माण कार्य, बित्तिय ब्यबस्थापन र सुशासन, सामाजिक बिकास, आर्थिक बिकास, बातावरण खानेपानी तथा सरसफाइ, संस्थागत बिकास ,स्वास्थ्य ,शिक्षा ,कृषि, पशुपंक्षी ,पर्यटन, दाइजो प्रथालाई निरुत्साहित गर्ने , अपांग मैत्री , जेष्ठ नागरिकको सेवा सुविधा तथा सेवा प्रवाह लगायतको कार्यक्रम को लागि बजेट विनियोजित भएको छ ।Image may contain: textनगर पालिकाका मेयर यादवको अध्यक्षता एवं जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न नगर सभामा प्रतिनिधि सभा सदस्य (सांसद ) प्रमोद साह, जिसस सर्लाहीका स्थानीय विकास अधिकारी राज किशोर महतो, प्रजिअ कृष्णबहादुर कटुवाल, कविलासीका मेयर कौशल किशोर राय, बलराका मेयर अभय सिंह ,चक्करघट्टा गाउँ पालिकाका अध्यक्ष बिक्रम यादव, सुरक्षा निकायका प्रमुख , गोडैता नपा का सबै वडाका वडा अध्यक्ष, सदस्य, विभिन्न कार्यालयका कर्मचारी , नगरपालिकाका कार्यकारी अधिकृत विकास कुमार रजक, सचिव माधव प्रसाद यादव, विभिन्न गाउँ र नगरपालिकाका अध्यक्ष , संचारकर्मी लगायत स्थानीयबासी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेकि थियो ।

प्रथम नगर सभाको बन्द सत्र शुक्रवार हुने नगरपालिकाका सचिव यादवले जानकारी दिनुभएको छ । नगर प्रमुख यादवले आव को लागि विनियोजित बजेटबाट एक वर्षको भित्रमा गोडैता नगरपालिकाको काया पलट गर्ने प्रतिवद्धता गर्नु भएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*