सर्लाही, पौष ९ – सर्लाहीको हरिवनमा शनिबार आवास हस्तान्तरण सँगै साँस्कृतिक कार्यक्रम भएको छ । सुकुमाया फाउण्डेशनले हरिवन नगरपालिका २ की एक असक्त महिलाको लागि करीब ८ लाखको लागतमा निर्माण गरेको पक्की घर एक कार्यक्रमका विच फाउण्डेशनकी अध्यक्ष सुकुमाया लामाको अध्यक्षता तथा हरिवान नगरपालिकाकी उपमेयर रेनुका पौडेलको प्रमुख आतीथ्यतामा बौद्ध परम्पराअनुसार पुजाआज गरी हस्तान्तरण गरिएको हो ।Chudamani Wagle को फोटो।

मानवीय एवं सामाजिक सेवा गर्ने लक्ष्यका साथ स्थापना भएको सुकुमाया फाउण्डेशनले हरिवन नगरपालिका २ लालभित्तीकी ताईस्या नामले चिनिने असक्त, असहाय, अपाङ्ग र आफन्त विहिन महिलालाई आवास निर्माण गरी हस्तान्तरण गरेको फाउण्डेशनकी अध्यक्ष सुकुमाया लामाले बताउनु भयो ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन महतो र वडा नम्बर ९ का वडा अध्यक्ष सिताराम पोख्रेल लगाएत नगरका भद्रभलादमी, समजसेवी, सुरक्षाकर्मी, संचार कर्मी लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमका बक्ताहरुले बस्ती हस्तान्तरण गरेर सराहनिय र सामजीक काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

साथै, सामाजीक काम मा लागीरहन अशक्तहरुको सेवामा लागीरहन फाउण्डेशनलाई आग्रह गरेका छन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*