सर्लाही, पौष ५ – बाम गठबन्धनबाट विजयी साँसदहरुलाई बुधवार सदरमुकाम मलंगवामा सम्मान गरिएको छ । नेकपा एमाले सर्लाही क्षेत्र नम्बर २ ले सदरमुकाम मलंगवामा क्षेत्रीय भेलाको आयोजना गरि बाम गठबन्धनबाट सर्लाहीमा विजयी ३ जना साँसदहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुने साँसदहरुमा सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्यमा निर्वा्चित रामेश्वर राय, ३ को क बाट प्रदेश सभा सदस्यमा निर्वा्चित डिल्ली उप्रेती र सलाई क्षेत्र नम्बर १ ख बाट प्रदेश सभा सदस्यमा विजयी बेची लुंगेलीलाई दोसल्ला, फुलमाला अविरले सम्मान गरेको हो ।Image may contain: 4 people, people sitting

नेकपा एमाले क्षेत्र नम्बर २ का संयोजक देवेन्द्र रायको अध्यक्षतामा मलंगवा नगरपालिका ४ मा भएको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै विजयी साँसदहरुले सर्लाहीका सवै वाम नेता कार्यकर्ताको अभिभावक भएर आफुहरुले काम गर्ने बताउन भएको कार्यक्रम संचालक रघुनाथ चौधरीले बताउनु भयो ।

पार्टीका जिल्ला कार्यालय सचिव नरेश मण्डलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा बाम गठबन्धनका नेता डाचाराज वाग्ले, पूर्व समानुपातिक साँसद कमलादेवी महतो, नेता अच्यूतम काफ्ले, क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य उमेदवार दिनेश राय, क्षेत्र नम्बर २ को क र ख का उमेदवार क्रमशः सुरेश साह र राजकुमार राय को समेत उपस्थिती रहेको आयोजकले जनाएको छ ।

देश भरीबाट पहिलो नम्बरमा भएको बाम गठबन्धनले सर्लाहीमा भने २ प्रदेश सभा र १ प्रतिनिधी सभा सदस्यमा मात्रै जितेको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*