मनोज यादव । मलङ्वा, पौष १२ – NIC ASIA बैंकले सर्लाहीको कबिलासी नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आफ्नो सेवा बिस्तार गर्ने रणनीति अन्तर्गत यस बैंकले सर्लाहीको चौथो शाखा बुधवार कबिलासीमा उद्घाटन गरेको हो ।Image result for NIC asia

बैंकले कविलासी शाखाको अतिरिक्त सर्लाहीमा थप २ वटा बागमती न.पा र चक्करघट्टा न.पा मा यसै फाल्गुन मसान्तसम्म शाखा बिस्तर गर्न लागेको मलंगवा शाखाका शाखा प्रबन्धक विश्वेस्वर नायकले जानकारी दिनुभएको छ।

जिल्लाको एक मात्र स्थान मलंगवा न.पा मा रहेको यस बैंकले अन्य नगरपालिका तथा गाउँ पालिकाहरुमा आफ्नो शाखा स्थापना गरेपछि टाढा र दुर्गम स्थानका ग्राहकहरु लाई सेवा लिन सहज बनाएको उहाँले बताउनुभयो । कविलासी शाखाको समुद्घाटन सँगै हाल यस बैकको नेपाल भरी १५२ शाखा कार्यालयहरु स्थापना भइ आफ्ना ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्न सुरु गरिसकेको छ ।ढुकढुकि एफ. एम. को फोटो।

यस भन्दा पहिले जिल्लाको मलंगवा नपा,हरिवन नपा,र हरिपुर्वा मा यस बैंकको शाखा कार्यालय संचालनमा आइसकेको छ ।कविलासी शाखामा गार्ड र पियन बाहे चार जना कर्मचारीहरु मार्फत बैंकिङ कारोबार संचालन भइरहेको शाखा प्रबन्धक नायकर्ले बताउनुभएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*