माघ १४ – सिन्धुलीका सर्जक अमृत गोले को पहिलो गित ‘सिन्धुली म्हावर ला ङा च्याङ्वा, नमोबृद्ध कोर्बारि खाबा ङाम’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सिन्धुली जिल्लाको सेरोफेरोमा आधारित रहेर रमाईलो पाराले लयबद्ध गरिएको गितको शब्द अमृत गोलेले लेखेका हुन भने गितमा स्वर सञ्जय थोकर र जितु लोप्चनको रहेको छ ।

सञ्जय थोकरको सुमधुर संगितमा निर्मित गितमा मन्सु लामा, कुमार लामा, उर्मिला वाईबा र उमेश लामाको अभिनय रहेको छ । केशव अधिकारिले खिचेको भिडियोलाई जयन कुमार मोक्तानले निर्देशन गरेका हुन ।

केहि समय अगाडि नै अडियो सार्बजनिक गरिएको गित भिडियो बन्नुभन्दा अगाडि नै चर्चामा आईसकेको छ । निकै नै रुचाईएको गितको लोकप्रियता दिनानुदिन बढिरहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*