सर्लाही, माघ ६ – यहि पुस २६ गत्तेदेखि २८ गत्ते सम्म पहिलो ऐतिहासिक नगरसभा गरि २९ गत्ते बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको लालबन्दी नगरपालीका को काम कारवाहि गतिशिल हुन नसक्दा नगरवासि अन्योलमा परेका छन ।

नगरपालीका ले नगरभित्रका १७ ओटै वडाका लागी बजेट बिनियोजन गरिसकेको छ । निती तथा कार्यक्रम सँगै आकर्षक बजेट समेत प्रस्तुत गरीसकेको नगरपालीकाले नगरभित्रका कुनै पनि वडामा कार्यारम्भ गरेको छैन । ढुकढुकी को एक प्रश्नमा लालबन्दी नगरपालीकाका एक वडाध्यक्षले बताएका छन कि, उनीहरुलाई काम गर्न धेरै समस्या भएको छ ।Image may contain: outdoor निर्वाचनताका गरिएका बाचा बन्धनका कामहरु नगरसभाबाट बजेट पारित भईसक्दा समेत गर्न नपाउँदा आफुहरुलाई नै असहज लाग्न थालेको उनको भनाई छ । उनका अनुसार निर्वाचित भएको ३ महिना पुरा भैसक्दा समेत बिकाश निर्माणका कामले गति लिन सकेको छैन र अहिले सम्म पनि आफ्नै खल्तिबाट रकम हालेर काम गरिरहनु परेको छ ।

राज्यबाट प्राप्त हुने कुनैपनि सेवा सुबिधा उपभोग गर्न नपाएको दुखेसो पोख्दै उनले भनेका छन, सोँचेको जस्तो सहज रैनछ, जनप्रतिनिधि भएर काम गर्नलाई, आफुहरु युवा वडाध्यक्ष भएको नाताले युवा जोस र जाँगरका साथ काम गर्न खोजेको भएपनि त्यसो गर्न नसक्दा आफुहरु नै निरास हुने अवस्था सिर्जना भएको छ ।

अन्य नगरपालीका ले नगरसभा भन्दा अगाडि देखि नै बिभिन्न योजना बनाउँदै थुप्रै खालका कार्यहरु गरिसकेको भएपनी लालबन्दी नगरपालीकाले अहिले सम्म केहि नै नगरेको वडावासिहरुले गुनासो गर्न थालेका छन ।

लालबन्दी नगरपालिकाले आर्थिक बर्ष २०७४/७५ का लागी ५५ करोड ३१ लाख ६२ हजार बजेट बिनियोजन गरेको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*