सर्लाही, पौष २६ – सोमबार र मंगलबार घाम लागेपछि सामान्य बनेको मध्ये तराईको जनजिवन बुधवार फेरि बाक्लो हुस्सु लागेपछि कष्टकर बनेको छ । बाक्लो हुस्सु र शितलहरले तराईमा मानिसहरुको ज्यानै लिने गरेको छ ।ढुकढुकि एफ. एम. को फोटो।

बाक्लो हुस्सु र शीतलहरका कारण चिसो अत्याधिक मात्रामा बढेपछि न्यानो कपडा र ओढ्ने ओछ्याउने नभएका विपन्न परिवारका मानिसको दैनिकी थप कष्टकर बनिरहेको छ । बिशेष गरि सुकुम्बासी, दलित र विपन्न परिवार भने चिसोले कठ्याङ्ग्रिएर बसेका छन् । केहि ठाउँहरुमा बिभिन्न दाताहरुले कम्बल बितरण गरिरहेको भएपनि सबै ठाउँमा सो राहत पुग्न सकिरहेको छैन ।

चिसो बढेपछि बजारमा मानिसको चहल पहल घटेको छ भने स्थानीय वाषिन्दा चोक चौतारा, बाटोघाटोमा आगो तापेर बसिरहेका छन् । राजमार्ग र सडकहरुमा पनि बाक्लो कुहिरो र चिसोले सवारि आवागमन मा समेत समस्या हुने गरेको छ । चिसोका कारण निजी तथा सरकारी स्वास्थ्य संस्थामा निमोनिया, रुघाखोकी जस्ता रोगका बिरामी बढेका छन् ।

यस्तो मौसममा तातो र झोलिलो खानेकुरा खान स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन चिकित्सकको सुझाव छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*