सर्लाही, माघ ७ – गितकार : कर्ण योञ्जन । झट्ट हेर्दा पत्याउन गाह्रो तर माया प्रेम देखि बिभिन्न शन्देसमुलक गित लेख्न सक्ने क्षमता राख्नुहुन्छ । महोत्तरिको बर्दिवास नगरपालीका ५ टुटेश्वर स्थायी घर भएका योञ्जन एकान्त रुचाउने तर सबैसँग मित्रता गाँस्न मनपराउने मिजासिला स्वभावका हुनुहुन्छ ।
हाल ५६ बर्षका योञ्जन उमेरले बुढेसकाल लागीसके पनि झट्ट हेर्दा त्यसो भनिहाल्न अलि नसुहाउने । २ छोरा १ छोरिका पिता योञ्जन हाल तेल बाली अनुसन्धान कार्यक्रम नवलपुर सर्लाहीमा कार्यरत छन ।नारायण गोपाल, गोपाल योञ्जनका गितहरु मन पराउने योञ्जनले कति गित लेख्नुभयो संख्यामा त याद छैन तर सानै उमेर देखि गितहरु लेख्नेगरेको बताउनुहुन्छ ।

अलि अप्ठ्यारो मान्दै उमेरमा प्रेम त गरियो होला खै… भन्दै आफुलाई प्रेममा पनि अलि शन्देसमुलक गित लेख्न मन लाग्ने बताउने योञ्जनको हालै ‘बिर्सेको छैन त्यो मुहार’ बोलको गित रेकर्ड भएको छ ।

गायक एवम संगितकार पुर्ण परियारको आवाज तथा संगितमा रेकर्ड भएको गितको हाल रि मिक्सिङ तथा भिडियो निर्माण गर्ने कार्य भईरहेको गायक परियारले बताउनुभयो ।

आफु सङ्ग लेखिएका थुप्रै गितहरु भएपनि पहिलो गित रेकर्ड हुँदा साह्रै खुसि लागेको र अझै गितहरु लेख्ने जाँगर पलाएको योञ्जन बताउनुहुन्छ ।
आफुले गाउँ भने स्वर र फुर्सद नहुने बताउने योञ्जन हालसम्म गित रेकर्ड नभएर ओझेलमा परेको महसुस गर्नुहुन्छ ।

योञ्जनले आफुसङ्ग थुप्रै गितहरु रहेको र रेकर्ड गर्ने सोँच बनाए पनि त्यो खाल्को वातावरण अहिले सम्म नमिलेको बताउनुभएको छ ।
योञ्जनले सदाबहार सुगम सङ्गितहरुमा बिशेष कलम चलाउने गर्नुभएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*