सर्लाही, माघ ४ – जाडो महिना लागेसँगै बिपन्न परिवारमा न्यानो कपडा बाँड्न सकृय लालबन्दीको लायन्स क्लव, लायन्स क्लव अफ लालबन्दी सिटी र लायन्स क्लव लालबन्दी सेञ्चुरिले बुधवार सर्लाहीको लालबन्दी नगरपालीकामा न्यानो कपडा र कम्बल बितरण गरेको छ ।ढुकढुकि एफ. एम. को फोटो।

लायन्स क्लवका पुर्व राष्ट्रिय अध्यक्ष भरत प्रसाद ढुङ्गेलको बिशेष सहयोग एवम लायन्स क्लव अफ लालबन्दी सिटिका अध्यक्ष पुष्कर उपाध्यायको अध्यक्षतामा मा क्लवले बुधवार लालबन्दीको १०/१२ र १३ वडाका बिपन्न परिवारमा स्विटर, पाईन्ट, जुत्ता लगाएत न्यानो कम्बल बितरण गरेको हो ।ढुकढुकि एफ. एम. को फोटो।

लायन्स क्लव पोखरा सेन्ट्रल टाउन र लायन्स क्लव पोखरा डल्फिनको सहयोगमा प्राप्त न्यानो सामाग्री लालबन्दीको क्लवले हिजो १३ नम्बर वडाको श्री कुशेश्वर जनता नि.मा.बि.मा बितरण गरेको हो ।ढुकढुकि एफ. एम. को फोटो।

लायन्स क्लव पोखरा सेन्ट्रलका अध्यक्ष चन्द्र बिक्रम अधिकारि र डल्फिनका अध्यक्ष ऋषि गिरिको प्रत्यक्ष उपस्थिती तथा श्री रणशेर गण पाँचकुमारि नवलपुरका उपशेनानी चन्द्रदेव श्रेष्ठको बिशेष उपस्थितिमा न्यानो कपडा बितरण गरिएको लायन्स क्लव अफ लालबन्दी सिटिका सचिव बिकल जर्गा मगरले जानकारि दिनुभयो ।ढुकढुकि एफ. एम. को फोटो।

जाडोमा न्यानो लत्ताकपडा पाएपछि ति वडाका दलित एवम बिपन्न परिवार खुसि भएका छन ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*