सर्लाही, पौष २४ – झण्डै ३४ करोड को बजेट निति तथा कार्यक्रम पारित गर्दै इश्वरपुर नगरपालिका को प्रथम नगर पालिका को प्रथम नगर परिषद सम्पन्न भएको छ ।

सोमबार नगरपालिका को आफ्नै प्राङ्गण मा एक बिशेष समारोह का बिच बार्शिक निति कार्यक्रम तथा बजेट सर्बजनिकिकरण गरिएको हो । नगरपालिका का मेयर मनोज देवकोटा को अध्यक्षता एवम जेस्ठ माननिय दुई नम्बर क्षेत्र का सान्सद महेन्द्र राय को प्रमुख आथित्यता मा भएको सार्बजनिकिकरण कार्यक्रम मा मेयर देवकोटा ले ३३करोड ६६लाख ५६हजार २सय ६२रुपैया २९पैसा को बजेट निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम मा प्रस्तुत बजेट ले शिक्षा ,सडक खानेपानी, कृषि, महेन्द्र बजार ब्यबस्थापन नगरपालिका रिङ्ग रोड युवा स्वोरोजगार र सामाजिक सुरक्षा कार्यक्रम लाई बिशेष प्राथमिकता मा राखिएको नगरपालिका ले जनाएको छ ।ढुकढुकि एफ. एम. को फोटो।

कार्यक्रम मा नगरपालिका कि उप मेयर एकाबती देबि चौधरी ले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम को सफलता को लागी प्रदेश सान्सद प्रमोद साह ,रामेस्वर राय ,प्रदेशसभा सदस्य हरु बेची लुङेली ,उपेन्द्र कुश्वाह ,डिल्ली प्रसाद उप्रेती ,हरिवन नगरपालिका का मेयर गणेश प्रसाई ,लालबन्दी नगरपालिका का मेयर मान बहादुर खड्का लगायत ले शुभकामना मन्तब्य राख्नु भएको नगर पालिका का प्रमुख प्रसासकिय अधिकृत होम बहादुर थापा ले जानकारी दिनु भयो ।

आईतवार नगरपालिका ले नगर सभा गरि ल्याएको निति तथा कार्यक्रम र बजेट लाई आज सार्बजनिकिकरण गरेको हो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*