सर्लाही, पौष २४ – ढुकढुकी एफ.एम.ले प्राप्त गरेको खबर अनुसार सर्लाहिमा चिसोका कारण अहिले सम्म ३ जनाको मृत्यु भएको छ । केहि दिन देखि घाम नलागी निरन्तर लागीरहेको बाक्लो हुस्सु र शितलहरले तराईको जनजिवन अत्यन्तै कष्टकर बनिरहेको छ भने तराईका बिभिन्न जिल्लाहरुमा चिसोले धेरैको ज्यान पनि गएको छ ।ढुकढुकि एफ. एम. को फोटो।

सर्लाहिमा अत्यधिक चिसोले मृत्यु हुनेको संख्या आधिकारिक रुपमा प्रष्ट नभईसकेको भएपनि हामिलाई प्राप्त खबर अनुसार ३ जनाको ज्यान गएको छ । अस्ति शुक्रबार मात्रै सर्लाहिको लालबन्दी नगरपालीका १ स्थित पलार गाएकि साग टिप्न गएकि स्थानिय ५७ बर्षिय सञ्झादेवि यादवको ज्यान गएको थियो । बिपन्न परिवारकि यादवको जाडोकै कारण ज्यान गएको स्थानियको भनाई छ तर ईलाका प्रहरि कार्यालय नवलपुरले भने यसबारेमा कुनै जानकारि प्राप्त नभएको जनाएको छ ।

त्यस्तै आज मध्यान्ह सर्लाहिकै लालबन्दी नगरपालीका ७ मा काम गरि खाँदै हिड्ने घर ठेगान नभएका ५५ बर्षिया केदार लम्सालको पनि ज्यान गएको स्थानियले बताएका छन । तर आज घाम लागेकाले जाडोका कारण ज्यान गएको नहुन सक्ने ईलाका प्रहरि कार्यालय लालबन्दीले बताएको छ ।

यसैगरि केहि दिन अघिमात्रै रौतहटको एक चिम्नि भट्टामा काम गर्न गएका सर्लाही रामवनका ५५ वर्षीय नेक महम्मद अलीको चिसोल कठ्यांग्रिएर ज्यान गएको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*