सर्लाही, माघ १५ – सलार्हीको प्रिय रेडियोस्टेशन ढुकढुकी एफ.एम.ले हरेक बर्ष जस्तै यो बर्षपनि भ्यालेन्टाईन डे अर्थात प्रेम दिवशको अबशरमा बिशेष कार्यक्रम गर्ने भएको छ । Image may contain: one or more people and text

यहि फागुन २ गत्ते बुधबारका दिन प्रेम दिवशका दिन प्रेम पत्र प्रतियोगीता गर्न लागेको रेडियोका स्टेशन म्यानेजर क्षितिज बिश्वकर्माले जानकारि दिनुभयो । उहाँका अनुसार यहि माघ १५ गत्तेबाट प्रेम पत्र लेखेर रेडियोको ठेगानामा पठाउन सकिने छ ।

फागुन १ गत्तेसम्म प्राप्त पत्रको मुल्यांकन पश्चात फागुन २ गत्ते उत्कृष्ट प्रेम पत्रलाई रेडियोबाट बिशेष कार्यक्रमका बिच प्रत्यक्ष वाचन/प्रशारण गरिने छ । स्टेशन म्यानेजर क्षितिजका अनुसार प्रतियोगीताका बिजेताले नगद पुरस्कार सहित बिभिन्न गिफ्ट म्याम्परहरु जित्नेछन ।

प्रथम पुरस्कार नगद ५,००० रुपैँया, दोश्रो पुरस्कार नगद ३,००० र तेश्रो पुरस्कार बिभिन्न पुरस्कारहरु रहेको स्टेशन म्यानेजर क्षितिजले बताउनुभएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*