सर्लाही, पौष २३ – लायन्स क्लव लालबन्दी, लायन्स क्लव अफ लालबन्दी सिटी र लायन्स क्लव अफ लालबन्दी सेन्चुरीको संयुक्त आयोजनामा शनिबार सर्लाहिको लालबन्दीका ६ घर धुरिलाई न्यानो कपडा बितरण गरिएको छ ।

लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष पुष्कर उपाध्यायको अध्यक्षता तथा PMCC भरत ढुंगेलको सहयोगमा लालबन्दी नगरपालीका ७ र ८ का ६ घर धुरिलाई व्ल्यांकेट बितरण गरिएको हो । जसमध्ये लालबन्दी ८ की १ सय वर्षीय बृद्धा विष्णु हायो लाई एउटा व्ल्यांकेट सहित १/१ थान टोपी र चप्पल समेत बितरण गरिएको लायन्स क्लब अफ लालबन्दी सिटीका सचिव बिकल जर्गा मगरले जानकारी दिनुभयो ।

यसैबिच क्लवले लालबन्दी नगरपालीका को वडानम्बर ६, ७, ८ र १७ मा आजै आगो ताप्नका लागी दाउरा पनि बितरण गरेको छ । रणशेर गण पाँचकुमारिको बिशेष सहयोग एवम लालबन्दी नगरपालीकाको सहकार्यमा क्लवले दाउरा बितरण गरेको हो ।ढुकढुकि एफ. एम. को फोटो।

दाउरा बितरण कार्यक्रम मा रणशेर गणका गणपति शुरेस आचार्य, उपशेनानी चन्द्रदेव श्रेष्ठ सँगै क्लवका पदाधिकारिहरुको सहभागीता रहेको थियो ।

फोटो : सचिव बिकल जर्गा मगरको सहयोगमा । 

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*