सर्लाही, माघ ०३ – २८५४ औँ सोनम ल्हाछारको अवशरमा बिहीवार सांसद प्रमोद शाहको को प्रमुख आतिथ्यतामा लालबन्दीको हिरापुरमा बृहत सम्मान एवम साँस्कतिक कार्यक्रम हुने भएको छ ।ढुकढुकि एफ. एम. को फोटो।

सेरव ग्याछोलिङ गुम्बा समितीको आयोजनामा सलाहीको लालबन्दी स्थित पानीट्यांकी चौरमा कार्यक्रम गर्न लागीएको समितिका अध्यक्ष कृष्ण गोले ले जानकारि दिनुभयो । उहाँका अनुसार लालबन्दी नगरपालीका वडा नम्बर ११ हिरापुरको पानीट्यांकी चौरमा बिहीवार बिहान ८ बजेबाट १२ बजेसम्म बौद्ध परम्परा अनुसार होम गरिने र त्यसपश्चात साँस्कृतिक कार्यक्रम गरिने छ ।

साँस्कृतिक कार्यक्रम सर्लाही क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सांसद प्रमोद शाहको प्रमुख आतिथ्यता एवम सम्मान संङ्गै सुरु हुने पनि अध्यक्ष गोलेले जानकारि दिनुभयो ।

यसैबिच अध्यक्ष गोलेले यस क्षेत्रका सम्पुण महानुभावहरुलाई कार्यक्रममा उपस्थित भईदिनुहुन अनुरोध गर्नुभएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*