सर्लाही, माघ ७ – सर्लाहीको लालबन्दी नगरपालीका का साबिक ११ ओडा वडाका वडावासिलाई ३ बर्षभित्र शुद्ध पानी खुवाउने उद्धेश्यका साथ युद्धस्तरमा काम गरिरहेको लालबन्दी खानेपानी तथा सरसफाई संस्थाको वडाभेला आईतवार पनि बसेको छ ।ढुकढुकि एफ. एम. को फोटो। लालबन्दी नगरपालीका वडा ८ मा वडाभेला बसेको संस्थाका लेखापाल मनोज बख्रेलले जानकारि गराउनुभएको छ । उहाँका अनुसार वडानम्बर ८ मा खानेपानी तथा सरसफाई संस्थाका वडाध्यक्ष हरिमाया थिङको सभापतित्वमा भेला गरिएको हो ।

भेलामा संस्थाको मुल समिती अध्यक्ष बासुदेव अधिकारिको प्रमुख आतिथ्यता संगै वडा नम्बर ८ का वडाध्यक्ष राजन कुमार श्रेष्ठ, खानेपानीका पुर्व सचिव शुक्र लामा, कोषाध्यक्ष टिका प्रसाद चौलागाईं लगाएतको आतिथ्यता रहेको थियो ।

आजको भेलाले पनि लेखा तथा अध्यक्षको प्रतिवेदन पारित गरे सँगै अन्य खाल्का निर्णयहरु गरेको पनि लेखापाल बख्रेलले जानकारि दिनुभयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*