सर्लाही, पौष २४ – सर्लाहि जिल्लामै पहिलो पटक भईरहेको मिस सर्लाहिको फाईनल यहि माघ १३ गत्ते हुनेभएको छ । पल ईन्टरटेन्मेन्टको आयोजना तथा ढुकढुकी एफ.एम.को सहकार्यमा सर्लाहिको लालबन्दीमा भईरहेको मिस सर्लाहिको फाईनल माघ १३ गत्ते हुनेभएको हो ।ढुकढुकि एफ. एम. को फोटो। सर्लाहि जिल्लाका बिभिन्न स्थानका १० शुन्दरिहरुको प्रतिस्पर्धा रहेको मिस सर्लाहिको हाल लालबन्दीको युनाईटेड फिट्नेस सेन्टरमा तालिम भईरहेको छ । हिड्ने, बोल्ने, नाच्ने, हाँस्ने, प्रस्तुत हुने लगाएतका थुप्रै खाले पर्सनालीटि डेभलेपमेन्ट सँग सम्बन्धित तालिम लिईरहेका प्रतिस्पर्धिलाई मिस पोखरा र मिस टिन हेटौँडाले कोरियोग्राफि गरिरहेका छन ।

प्रतिस्पर्धिलाई १ महिना सम्म ट्रेनिङ्ग प्रदान गरिने र सबैखाले प्रतिस्पर्धा मार्फत सर्लाहिको पहिलो मिस सर्लाहि छनोट गरिने पल ईन्टरटेन्मेन्टका म्यानेजिङ डाईरेक्टर अमित पौडेल ले जानकारि दिनुभयो । पौडेलका अनुसार पहिलो मिस सर्लाहिले रु १ लाख र अन्य थुप्रै पुरस्कार प्राप्त गर्नेछन ।ढुकढुकि एफ. एम. को फोटो। उद्योग बाणिज्य संघ लालबन्दीको बिशेष सहयोगमा सञ्चालन भईरहेको प्रतियोगीतालाई सिटि डिपार्टमेन्ट स्टोर्स लालबन्दीले प्रायोजन गरेको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*