मनोज यादव । सर्लाही , पुस २४ – सर्लाहीका ग्रामीण क्षेत्रका स्थानीय किसानले लगाएको आलु लगायत विभिन्न किसिमका तरकारी बाली शीतलहर तथा हुस्सुको कारण नष्ट हुन थालेपछि कृषक चिन्तित बन्न थालेका छन् ढुकढुकि एफ. एम. को फोटो।

हिउँदे मौसमी खेतीका रुपमा लगाएको तरकारी बाली आलु, गोलभेँडा, कोभी तथा अन्य हरियो तरकारी बाली बढी चिसो र सितलहरको कारण मर्न थालेपछि सम्बन्धित क्षेत्रका किसानहरु चिन्तित हुन थालेको धनकौलका किसान राजेश कुशवाहाले बताए । प्रत्येक वर्ष यश क्षेत्रका किसानहरु तरकारी खेती गरेर बिक्री गरी आर्थिक आम्दानी गर्दै आएको भए पनि यस पटकको बढी चिसो र शीतलहरका कारण तरकारी बाली धेरै मात्रामा नष्ट भएको किसान कुशवाहाले बताउनुभयो।

शीतलहरबाट आलुको बिरुवा मर्न थालेपछि आलुको बीउको लगानी समेत नउठ्ने धनकौलकै एक अर्का किसान दिगम्बर महतोले बताए । “हिउँदमा तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएका थियौँ, तर यस वर्ष तरकारी बिक्री गर्नुअगाडि नै शीतलहर चलेपछि सबै तरकारीका बिरुवाहरु मरे, उत्पादनमा घाटा लाग्यो ।”महतोले दुखी हुँदै भने ।

शीतलहर तथा हुस्सुबाट भएको क्षति नियन्त्रण गर्न पटक–पटक औषधिको प्रयोग गर्दा समेत त्यसले काम नगरेको किसानहरुको गुनासो रहेको छ । शीतलहरका कारण बढी मात्रमा आलु तथा टमाटर बालीलाइ क्षति पुगेको भएको किसानहरुले बताएका छन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*