मनोज यादव । सर्लाही, पौष २६ – सर्लाहीको बलरा नगरपालिकाको स्थानीय तह निर्वाचन पछिको पहिलो नगरसभा सम्पन्न भएको छ ।नगरपालिकाका मेयर अभय सिंहको अध्यक्षता एवं सर्लाही क्षेत्र न-४ का सांसद डा. अमरेस कुमार सिंहको प्रमुख आतिथ्यतामा नगरसभा सम्पन्न भएको हो ।

गत मंगलबारका दिन नगरपालिकाको आफ्नै प्रांगणमा आयोजित उक्त नगरसभामा मेयर सिंहले चालु आर्थिक वर्ष २०७४/०७५ का लागि ३१ करोड ४९ लाख ५२ हजार रुपैया बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको नगरपालिकाका कर्यकारी प्रमुख बिकास रजकले जानकारी दिनुभएको छ । सडकको कालोपत्रे ,स्वास्थ्य संस्था र विध्यालय भवनहरुको मर्मत, कृषि, शिक्षा र लक्षित वर्गको उत्थान लगायतका आधारभुत आवश्यकताहरु लाई विषेश प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको कार्यकारी प्रमुख रजकले बताउनुभयो ।

नगरसभामा सर्लाही क्षेत्र न-४का विधायक द्वय बिरेन्द्र सिंह ,उपेन्द्र कुशवाहा,गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव,रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण वर्मा, बलरा नगरपालिकाका वडा अध्यक्ष एवं वडा सदस्यहरु, कर्मचारी तथा स्थानीयबासी लगायतकाहरुको उपस्थिति रहेको थियो ।

जिल्लाका अधिकांश गाउँपालिका तथा केही नगरपालिकाको सभा सम्पन्न भइसकेको छ भने बाँकी रहेकाहरुले पुस मसान्तको भित्र सक्ने तयारीमा लागेका छन् ।

 

 

 

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*