पछिल्लो समय सर्लाहीको लालबन्दी सहित यस भेगका बिभिन्न स्थानमा भईरहेका चोरिका घट्ना लगाएतका अन्य खालका आपराधिक कृयाकलाप रोक्न लालबन्दीका युवाहरुले माग गरेका छन ।ढुकढुकि एफ. एम. को फोटो।

लालबन्दी युवा समितीका अध्यक्ष राजकुमार श्रेष्ठ सहित उपाध्यक्ष सुवास लामा र सचिव शिवराज धमलाको हस्ताक्षर रहेको पत्रमा लालबन्दी नगरपालीका कार्यालय, ईलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्याललाई पछिल्ला समयमा भईरहेका आपराधिक कृयाकलाप नियन्त्रणका लागी अनुरोध गरिएको छ ।

पछिल्लो समय यस भेगका बजार आसपास मा दिउँसै मोटरसाईकल चोरिका घटना बढेका छन । यो सँगै झै–झगडा तथा लागु पदार्थ सेवन गर्नेको संख्या बढेपछि यस क्षेत्रका युवाहरुको संगठनले यस्ता आपराधिक कृयाकलापमा ध्यान दिन सम्बन्धित क्षेत्रलाई आग्रह गरेका हुन ।

पछिल्लो समय यस्ता घटनामा बृद्धि भएपछि प्रहरि प्रशासन समेत हैरान भएका छन ।

 

 

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*