सर्लाही, पौष २६ – सर्लाहीको लालबन्दी नगरपालीकाको पहिलो नगरसभा बुधबारबाट हुनेभएको छ । नगरपालीको आफ्नै सभाहलमा हुने पहिलो नगरसभाको सम्पुर्ण तैयारि पुरा भएको लालबन्दी नगरपालीकाले जनाएको छ ।

१७ ओटा वडा रहेको लालबन्दी नगरपालकाको सबै वडामा वडासभा गरि नगरसभाको लागी आवश्यक सम्पुर्ण तैयारि पुरा गरिएको लालबन्दी नगरपालीका का मेयर मान बहादुर खड्काले जानकारि दिनुभयो । लालबन्दी नगरपालीका को पहिलो नगरसभाबाट यो आर्थिक बर्षको लागी करिव ४६ करोड बजेट बिनियोजन हुने अनुमान गरिएको छ ।No automatic alt text available.

नगरपालीका को पहिलो नगरसभाले सबैभन्दा बढि बिकाश बजेट बिनियोजन गर्ने लालबन्दी नगर कार्यपालीकाको पुर्वाधार बिकाश समितीका सम्योजक एवम लालबन्दी नगरपालीका वडा नम्बर ५ का वडाअध्यक्ष मोहन भण्डारिले जानकारि दिनुभयो ।

उहाँका अनुसार १७ ओटै वडाको वडासभामा वडावासिले आफ्नो वडामा सडक को स्तरोन्नती एवम् सडक निर्माणको माग गरेका थिए ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*