सर्लाही, माघ १७ – सर्लाही जिल्लाकै ऐतिहासिक पहिलो मिस सर्लाहीको ग्राण्ड फिनाल पर्सि २० गत्ते शनिबार लालबन्दीको बिणा चलचित्र मन्दिरमा हुने भएको छ । देशका चर्चित तथा सर्लाहीका कलाकारहरुको उपस्थितीमा भब्य रुपमा सर्लाहीको पहिलो मिस सर्लाहीको ग्राण्ड फिनाल हुन लागेको हो ।ढुकढुकि एफ. एम. को फोटो। बिणा चलचित्र हलमा हुने ग्राण्ड फिनालका दिन सुपरस्टार निखिल उप्रेति, नायिका सञ्चिता लुईंटेल, गायक शिव परियार, कमल खत्री, सिम्पल खरेल, दृश्य सुबेधि, गजित बिष्ट लगाएत बिभिन्न हाँस्यब्यंग्य टेली चलचित्रका कलाकारको उपस्थिती रहने सर्लाहीको पहिलो ऐतिहासिक मिस सर्लाहीको आयोजक पल ईन्टरटेन्मेन्ट प्रालीका म्यानेजिङ डिरेक्टर अमित पौडेल ले जानकारि दिनुभयो ।

प्रतियोगीताको ग्राण्ड फिनाल शनिबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । ढुकढुकी एफ.एम.की समाचार वाचिका राधा अधिकारि सहितको ८ जना प्रतिस्पर्धि रहेको मिस सर्लाहीका प्रतिस्पर्धिहरुलाई पहिलो मिसेस पोखरा र मिसेस नेपाल ग्लोबल २०१६ सबिता पाण्डेले कोरियोग्राफि गरिरहनुभएको छ ।

ढुकढुकी एफ.एम.को समेत बिशेष संलग्नतामा भईरहेको पहिलो मिस सर्लाहीमा आफुलाई मन परेको प्रतिस्पर्धिलाई सर्लाहीको ऐतिहासिक मिस सर्लाही बनाउनका लागी टिकेट खरिद गरिदिएर सहयोग गर्नुपर्नेछ ।

टिकटको मुल्य २,००० तोकिएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*