सर्लाही, माघ २१ – सर्लाहीको लालबन्दीमा दिनहुँजस्तो मोटरसाईकल चोरि हुन थालेपछि प्रहरिले समेत हैरानी ब्यहोरिरहेका बेला आज एक ब्यक्ति पक्राउ परेका छन । ईलाका प्रहरि कार्यालय लालबन्दीका अनुसार आज पक्राउ परेका ब्यक्ति ईश्वरपुर नगरपालीका २ का बैठा थरका रहेका छन ।मोटरसाईकल चोरको लागि तस्बिर परिणाम

पक्राउ परेका ब्यक्तिले यहि माघ १८ गत्ते बर्दिबास बाट मोटसाईकल चोरि गरी प्रयोग गरिरहेका थिए । अभियुक्तलाई अहिले ईलाका प्रहरि कार्यालय लालबन्दीमा राखेर अनुसन्धान भईरहेको छ । अभियुक्तलाई प्रहरिले सुराकिको आधारमा पक्राउ गरेको हो ।

अभियुक्तमाथी मुद्दा दर्ता गरि कानुनि रुपमा अनुसन्धान अघि बढाईने ईलाका प्रहरि कार्यालय लालबन्दीका ईन्सपेक्टर शेख अदालतले जानकारि दिनुभयो ।

मोटरसाईकल चोरि गर्ने ब्यक्ति पक्राउ परेपछि लालबन्दीका युवाहरु अब मोटरसाईकल चोरि नहोलाकि भनेर ढुक्क बनेका स्थानिय एक युवा सुमन गौतमले बताएका छन ।

चोरले लालबन्दी बजार आसपार र घरमै राखिएको मोटरसाईकल पनि चोरेर लान थालेपछि चौतर्फि त्रास बढेको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*