सर्लाही, माघ १८ – ‘जोत नारायण शाह’ एक चर्चित नाम । मृदुभाषि, सबैका प्रिय साउजी, सबैलाई रिझाउन सक्ने । सम्भवतः मध्य तराईकै एक चर्चित ब्यापारि ।
प्रत्येक दिन ग्राहक सँगै हाँसि मजाक गरि हस्याङ फस्याङ गर्दै समान बेच्दै गरेका भेटिने ब्यापारि शाह बजार लाग्ने प्रत्येक सोमबार र बिहिबार लालबन्दी बजारमा भेटिनुहुन्छ भने अन्य दिन हरिवन बजारमा ।

आफ्नो पसलमा समान किन्न आउने प्रत्येक ग्राहकलाई मिठो हाँसो सहित नमस्कार गर्दै बसालेर नरिवल, सुकुमेल, मिश्री लगाएतको मिठो खानेकुरा खुवाएर आवश्यक समान सहित खुसि बनाएर फर्काउने ब्यापारि शाहका पसलका वरिपरि ग्राहकलाई बस्ने ठाउँ पाउन गाह्रो हुन्छ । एक पटक समान किन्न आएका ग्राहकलाई फेरि आउँ आउँ बनाएर फर्काउने ब्यापारि शाहलाई देख्दा अन्य छिमेकि पसलेहरु समेत छक्क पर्छन ।

ब्यापारि शाहलाई एक सेलिब्रेटी भन्दा पनि फरक पर्दैन, किनभने उनि सम्झन्छन, छिमेकि जिल्लाहरुबाट समेत काजल जिरा मसला पसलका साउजि जोत जीलाई खोज्दै भेट्न आउनेको संख्या धेरै छ ।ढुकढुकि एफ. एम. को फोटो।

यो सबका बिच ब्यापारि शाह भन्नुहुन्छ, जोत नारायण शाहलाई ‘काजल जिरा मसला पसलको साउजी जोत जी’ बनाएको रेडियोले हो । उहाँ आफुलाई जुन अवस्था र स्थानमा पाउनुहुन्छ त्यो सब रेडियोको देन हो भन्दै उहाँ सम्झिनुहुन्छ, एक समय जोत जीलाई भेट्न र हेर्न आउनेको लाईन देख्दा आंफै पनि छक्क पर्नुहुन्थ्यो रे ।

पछिल्लो समय प्रबिधिको बिकाश संगै फेसबुक मा ब्यस्त हुन थाल्नुभएका ब्यापारि शाहलाई अझै सम्झना छ ति दिनहरु, जुन दिन एफ.एम.रेडियोका बिभिन्न कार्यक्रमहरुमा एकैदिनमा ८/१० पटक सम्म फोन गर्नुहुन्थ्यो । रेडियोमा फोन गर्ने अन्य साथीहरुले कहिले काँहिमात्रै फोन लाग्ने गुनासो गरिरहँदा ब्यापारि शाह भने प्रत्येक दिन र प्रत्येक कार्यक्रममा फोन लगाएर सबैलाई छक्क पार्नुहुन्थ्यो ।ढुकढुकि एफ. एम. को फोटो।

करिब १५ बर्षबाट ब्यापार सुरु गर्नुभएका ब्यापारि शाह अहिले ३८ बर्षको भईसक्नुभयो, तर उत्तिकै जोस, जाँगर र फुर्तिका साथ ग्राहकमाझ प्रस्तुत हुनुहुन्छ । २ पटक त ब्यापार छोडेर बिदेशिने सोँचले पासपोर्ट (राहदानि) समेत बनाई सक्नुभएका ब्यापारि शाहले आफुलाई रेडियोले नै यो स्थानमा पु¥याएको सम्झना गर्दै भन्नुहुन्छ,- त्यो बेलामा बैंकले १ लाख समेत पत्याउँदैनथ्यो, अहिले बैंकबाट ३० लाख कर्जा लिएको छु ।ढुकढुकि एफ. एम. को फोटो।

स्वादिष्ट पुलाउ, सुत्केरि मसला, पुजाको सामाग्री, बिवाह, ब्रतबन्ध, भोज भत्तेरमा आवश्यक समान लगाएत अन्य सबै खाले खाद्यान्न तथा मसलाका सुपथ मुल्यका ब्यापारि शाह आफु र आफ्नो पसलको बारेको जानकारि गराउँदा राजेश हमालको फोटो टाँसिएको काजल जिरा मसला पसल भनेर चिनाउने गर्दछन ।
थुप्रै चर्चित नायक नायीका तथा कलाकारहरुसँगको उठबस भएका ब्यापारि शाह गित संगित तथा मोडलिङमा समेत रुचि राख्नुहुन्छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*