सर्लाही, माघ २६ – सर्लाहीको लालबन्दी नगरपालीका १२लखन्देहि नदि  किनारका स्थानियले नदिको तटबन्धको जाली काटेर ढुङ्गा चोरिभएको दाबि गरेका छन । यहि माघ २३ गत्ते राती ८ बजे लालबन्दीका दुर्गा बिक र अर्काे साहुको पहिचान नभएको ट्रयाक्टरले तटबन्धको ढुुङ्गा चोरि गरेको बताएका छन ।ढुकढुकि एफ. एम. को फोटो।फाइल फोटो…

दुई जना १२/१३ बर्षका ट्रयाक्टर चालक पठाएर ढुङ्गा चोरि गर्दै गरेका उनिहरुलाई स्थानियले राती नै समातेर जिल्ला बन कार्यालयमा बुझाएका र जिल्ला बनले ईलाका प्रहरि कार्यालय लालबन्दीमा पठाएको ईलाका प्रहरि कार्यालय लालबन्दीले जनाएको छ ।

स्थानियका अनुसार ट्रयाक्टरले ६ ओटा तारजाली काटेर ढुङ्गा चोरेको बताएका छन । उनिहरुका अनुसार सरकारले लखन्देहि खोलाबाट बस्ति बचाउन लगाईदिएको तटबन्द चोरि भएको बताएका छन । त्यसरि ढुङ्गा र जाली चोरि हुन थालेपछि बर्खाको समयमा बस्ति जोखिममा पर्ने दप्काली टोलका स्थानिय गोबिन्द थापाले बताउनुभएको छ ।

ईलाका प्रहरि कार्यालय लालबन्दीका अनुसार घट्नाको बिषयमा आवश्यक अनुसन्धान भईरहेको छ । लखन्देहि खोला किनार दप्कालीटोलवासिले जाली लगाईदिनुपर्ने माग राखेकाले सो बिषयमा पनि छलफल भईरहेको प्रहरिको भनाई छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*