सर्लाही, माघ १८ – सर्लाहीको चक्रघट्टा गाउँपालीकालाइ फाल्गुन २५ गते खुला दिसा मुक्त गाउँपालिका घोषणा गरिने भएको छ । चक्रघट्टा गाउँपालिकाका मेयर बिक्रम यादवको अध्यक्षता एवं क्षेत्र न–३ का प्रतिनिधि सभा सांसद रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा भएको खुला दिसा मुक्त अभियान कार्यक्रममा ९ वटा वडाका वडाअध्यक्ष , सदस्य तथा स्थानीयबासीहरु को सर्वसम्मतिमा गाउँपालिकालाई खुला दिसा मुक्त घोषणा गर्ने निर्णय गरिएको हो ।सम्बन्धित छवि

गाउँपालिकाको कार्यालयमा भएको उक्त कार्यक्रममा वडा न १ देखि ९ सम्मका सम्पूर्ण वडाअध्यक्ष, सदस्य, कर्मचारी, शुरक्षाकर्मी, बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कार्की, सरसफाइ दुत नृपेन्द्र कुमार सिंह, बागमती सेवा समाज नेपालका गजेन्द्र साह, स्थानीयबासी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

UN HABITAT को साझेदारी तथा M-WASH-CC/RM-WASH-CC को आयोजना भएको सो कार्यक्रमको अवसरमा बागमती सेवा समाज नेपालले प्रमुख अतिथि सांसद यादव, गा.पाका मेयर बिक्रम यादव, मधेसी पत्रकार समाजका सर्लाही अध्यक्ष मनोज कुमार यादव, लोकतन्त्र दैनिक पत्रिकाका प्रबन्ध निर्देशक बख्तियार अली, रिपोटर्स क्लब नेपाल शाखा सर्लाहीका कोषाध्यक्ष मनोज यादव र जननिर्वा्चित प्रतिनिधिहरु लाई समेत अवीर तथा दोसल्ला ओढाएर सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*