सर्लाही, माघ २१ – सर्लाही जिल्लामै पहिलो पटक भएको मिस सर्लाहीको ऐतिहासिक पहिलो मिस सर्लाही प्राप्ति उप्रेति हुनुभएको छ । सर्लाही जिल्लामै पहिलो पटक भएको मिस सर्लाहीको ग्राण्ड फिनाल हिजो सम्पन्न भएको छ ।ढुकढुकि एफ. एम. को फोटो।

ग्राण्ड फिनालेबाट पहिलो मिस सर्लाही उप्रेति सहित first runner up राधा अधिकारि र second runner up सोनिया खतिवडा हुनुभएको छ । हिजो बेलुका ५ बजेबाट लालबन्दीको बिणा चलचित्र मन्दिरमा ग्राण्ड फिनाले भब्यताका साथ सम्पन्न भएको हो । लालबन्दी नगरपालीका का मेयर मान बहादुर खडेकाले दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको ग्राण्ड फिनालेमा गायक कमल खत्री, सिम्पल खरेल, दृश्य सुबेधि, सहित मोडेल, फेसन डिजाईनर तथा बिभिन्न टेलिभिजनकर्मि र रेडियोकर्मिको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहिका सभापति बिश्वनाथ ठाकुर, सचिव श्रवण थापा, पत्रकार टंक क्षेत्रि, प्रेमनाथ पौडेल, लगाएत ईलाका प्रहरि कार्यालयका प्रमुख शेख अदालत, रणशेर गण पाँचकुमारि ब्यारेकका सेनानी चन्द्रदेव श्रेष्ठ लगाएत बिभिन्न राजनितिक दलका प्रतिनिधी तथा प्रायोजक एवम सहप्रायोजक का प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिी, बिशिष्ट अतिथी, अतिथी सहित प्रायोजक एवम सहप्रायोजकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । सर्लाहीको पहिलो मिस सर्लाही २०७४ लाई ढुकढुकी एफ.एम.को बिशेष सहयोगमा पल ईन्टरटेन्मेन्टले आयोजना गरेको हो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*