राजु तामाङ, हरिवन ।

माघ- २६ – सर्लाहीको हरिवन नगरपालिका ११ सुर्तीबिकास खेल मैदानमा हिजो बाट तामाङ समुदायको महान साँस्कृतिक राष्ट्रिय पर्व २८५४औं खि/नागी ल्हो सोनाम ल्होछारको अबसरमा आयोजित वृहत ल्होछार साँस्कृतिक महोत्सव २०७४ सुरु भएको छ ।

सोनाम ल्होछारको प्रवर्द्धन हाम्रो साँस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान भन्ने मुल नाराका साथ नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटी र स्मृति कला केन्द्रको संयुक्त आयोजनामा सुरु भएको महोत्सव आगमी फागुन ५ गते सम्म चल्ने छ। १० दिन सम्म चल्ने महोत्सवको हिजो एक समारोहकाबीच रक्षा मन्त्री भिमसेन दास प्रधान ज्युले उत्घाटन गर्नु भएको हो ।ढुकढुकि एफ. एम. को फोटो।

महोत्सवको उत्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री प्रधानले मधेसी आदिवासी जनजाति लगायत सबै जातजातिको राज्यमा पहुच नपुगे सम्म देश बलियो नहुने तर्क राख्नु भयो। उहाले अब बन्ने सरकारले सम्पूर्ण नेपालीको हित हुने गरी विकास र सम्वृदीको काम गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा पूर्व स्वास्थ्य राज्य मन्त्री तिर्थराज डंगोल, प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेती,जिल्ला समन्वय समितिका सभापति मैथुर चौधरी, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, प्रहारी उपरीक्षक मसाउद आलाम खाँ, नेपाल पत्रकार महाँ संघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुर, नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य अर्जुन योञ्जन, लालबन्दी नगरपालिकाकी उप-मेयर शान्ति लामा, अन्तरपार्टी महिला सञजालकी नगर अध्यक्ष पद्मा मोक्तान लगायतका अतिथिले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

औपचारिक कार्यक्रम सकिए लगतै साँस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको थियो। साँस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार हरु कोरियोग्राफी अभि लामा मोडल/नायिका अनिता गोले लगायत स्थानिय स्मृति कला केन्द्रका कलाकारहरुको नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा थप मनोरञ्जनात्मक खेल हरु रोटे पिङ कोलम्बस डुङ्गा, डग रेल, घोडा रेस लगायतका थुप्रै खेल हरुको आनन्द समेत लिन सकिने आयोजकले जानकारी दिइएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*