सर्लाही, माघ १८ – सर्लाहीको गोडैता नगरपालिका अन्तर्गत पर्ने सिसौटिया लगायत आसपसका गाउँका बासिन्दाहरु बिजुली नहुँदा बिगत पाँच दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन ।

गोडैता बजार र सिसौटिया गाउँको बिचमा पर्ने पाकर गाछी भन्ने ठाउँ नजिक पाँच दिन पहिले ट्रेक्टरको ठक्करबाट क्षतिग्रस्त भएको बिजुलीको पोलको मर्मत नहँदा त्यस क्षेत्रमा बत्तीको समस्या उत्पन्न भएको स्थानीय मनजित मंडलले जनाएको छ ।ढुकढुकि एफ. एम. को फोटो। पाँच दिन बितिसक्दा पनि ट्रेक्टरको ठक्करबाट ढलेर क्षतिग्रस्त भएको उक्त बिजुलीको पोलको मर्मत नहुँदा त्यस क्षेत्रका जनताहरुले मोबाइल चार्ज, बत्ती बाल्न, हिटर, पानी तान्ने पम्प, कुटान पिसान मिल लगायतका बिधुत्तिय सामाग्रीहरुको प्रयोग गर्न बाट बन्चित भएको गुनासो गरेका छन् ।

आफ्नै गाउँ ठाउँका स्थानीय नेताहरुले समेत बत्ती नआएको पाँच दिन भईसक्दा पनि हाल सम्म पोलको मर्मत तर्फ सम्बन्धित निकायलाई जानकारी गराउन कुनै पहल नगरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*