Articles by: admin

सुख्खा मौसम र प्रचण्ड गर्मीका कारण भटाभट माछा मर्न थाल्यो

लालबन्दी, १७ बैशाख – सुख्खा मौसम र प्रचण्ड गर्मीका कारण मानव जातीलाई मात्र सकस भएको होईन, जलचर प्राणीलाई पनि ठूलो संकट निम्तिएको छ । रापिलो घामका कारण पोखरीको पानी तात्तिने गरेकाले जलचर प्राणीको सूचीमा पर्ने माछा मर्न थालेको छ । सदरमुकाम मलंगवादेखि ३ किलोमिटर उत्तरमा पर्ने गम्हरिया गाविस वडा नम्बर १ का परमेश्वर पासवानले पालन गरेको माछा मरेको हो । रापिलो[Read More…]

अखिल नेपाल राष्ट्रीय स्तन्त्र बिद्यार्थि युनीएन को चौधौ जिल्ला सम्मेलन लालबन्दीमा सम्पन्न

लालबन्दी, १७ बैशाख – अखिल नेपाल राष्ट्रीय स्तन्त्र बिद्यार्थि युनीएन क्रान्तीकारी, अनेरास्वयुको   चौधौ जिल्ला सम्मेलन आज सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ । शैक्षिक माफिया बिरुद्धको हाम्रो अभियान समाजबादि शिक्षाको पक्षमा भन्ने मुल उदेश्य सहित चौधौ जिल्ला सम्मेलन लालबन्दीको जनज्योति बहुमुखी क्यम्पसमा सम्पन्न भएको हो । अनेरास्वयू क्रन्तीकारी का जिल्ला अध्यक्ष सीबराज धमलाको अध्यक्षता भएको अधिबेशनमा एनेकपा माओवादि जिल्ला अध्यक्ष्ाँ कमल[Read More…]

चिनी उद्योगले नेपाल सरकारलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दर्ता गर्‍यो

लालबन्दी, १७ बैशाख – सर्लाही स्थित ईन्दु शंकर चिनी उद्योगले नेपाल सरकारलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । नेपाल सरकारले उखु किसानलाई प्रतिक्विन्टल २५ रुपैयाँका दरले अनुदान दिने तर, उद्योगले पाउने भ्याट छुट नदिने भएकाले उद्योगले रिट निवेदन दर्ता गरेको हो । ईन्दुशंकर चिनी उद्योगका महाप्रवन्धक विजयकान्त झाले कृषि मन्त्रालयको निर्णयले उद्योग धाराशाही हुने भएकाले नेपाल सरकार विरुद्ध रिट[Read More…]

सर्लाहीको बाँकेस्थित नेपाल प्रहरीको सुरक्षा पोष्टमा सर्पले बनायो बासस्थान

सर्लाहीको बाँकेस्थित नेपाल प्रहरीको सुरक्षा पोष्टमा सर्पले बनायो बासस्थान

लालबन्दी, १७ बैशाख – लोकमार्ग सडक खण्डको बाँके खोला पुलदेखि तिन सय मिटर पस्चिममा रहेको नेपाल प्रहरीको राजमार्ग सुरक्षा पोष्टभित्र दुर्लभ प्रजातीका सर्पश्रृप फेला परेको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिवाकर घिमिरेले ४ मिटर लम्बाई तथा १ ० ईन्च मोटाईका सर्पले पोष्टलाई वासस्थानको रुपमा प्रयोग गरिरहेको वताए । उनले दुर्लभ प्रजातीका सर्पश्रृपलाई कुनै निकायले संरक्षण नगरेको दुखेसो पोखे ।[Read More…]

गर्भवती महिलाको खोजपड्ताल हुँदै …

लालबन्दी, १७ बैशाख – जिल्ला स्वास्थ्य कार्यालय, मलंगवाले गौरीशंकर गाविसमा गर्भवती महिलाको खोजपडताल कार्यक्रम अहिले संचालन भईरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत लक्ष्मी श्रेष्ठले गौरीशंकर गाविसलाई असार मसान्तभित्र सुरक्षित प्रसुती सेवा लिने गाविस घोषणा गर्न गर्भवती महिलाको खोजपडताल कार्यक्रमको आयोजना गरेको वताईन् । उनले गतवर्ष दुई सय ८० जना गर्भवती महिलामध्ये दुई सय ४० जना स्थानिय स्वास्थ्य केन्द्रमार्फत प्रसुती सेवा[Read More…]

by April 29, 2016 0 comments समाज
सदरमुकाम मलंगवास्थितमा कालोझण्डा गाड्न नदिने सहायक प्रजिअ पाठकको भनाइ..

सदरमुकाम मलंगवास्थितमा कालोझण्डा गाड्न नदिने सहायक प्रजिअ पाठकको भनाइ..

लालबन्दी, १७ बैशाख – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गठन गरेको संघीय गठवन्धनमा आवद्ध दलसम्बद्ध कार्यकर्ताले अहिले सदरमुकामस्थित सरकारी कार्यालयमा कालो झण्डा गाड्ने तयारी गरिरहेको छ । संघीय गठबन्धनद्धारा अवधारणापत्रमा प्रस्तुत गरिएका २६ बूँदे मागसहित विगतमा सरकारसँग भएका सहमती कार्यान्वयन नभएको भन्दै गठबन्धनका कार्यकर्ताहरुले सरकारी कार्यालयमा कालोझण्डा गाड्ने तयारी गरेको हो । कार्यकर्ताहरुले सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिको कार्यालय, मालपोत[Read More…]

by April 29, 2016 0 comments राजनीति
सर्लाहिको परवानिपुर गा.बि.स.मा सिलाइ, कटाई तालीमको उद्घाटन

सर्लाहिको परवानिपुर गा.बि.स.मा सिलाइ, कटाई तालीमको उद्घाटन

लालबन्दी, १५ बैशाख – पुर्ब–पश्चिम राजमार्गबाट उत्तरतर्फ पर्ने सर्लाहिको परवानिपुर गा.बि.स.मा सिलाइ, कटाई तालीमको उद्घाटन गरिएको छ । परवानिपुर गा.बि.स. स्थित महिला संजालकि अध्यक्ष रेणुमाया थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा परवानिपुर गा.बि.स. अन्तर्गतको ९ वटै वडाका महिलाहरुको उपस्थिति रहेको थियो । गाबिस को ९ वटै वडामा रहेका दलित, उत्पिडित तथा बिपन्न महिलाहरुको सहभागिता रहने तालीम ३ महिना सम्म चल्ने[Read More…]

by April 27, 2016 0 comments समाज
सर्लाही मा चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गर्ने निर्णय

सर्लाही मा चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गर्ने निर्णय

लालबन्दी,१५ बैशाख – सर्लाही मा चल्ने सार्वजनिक यातायात, जिप ,टेम्पो, माइक्रो ले लिएरहेको भाडामा समायोजन गर्ने निर्णय भएको छ । नेपाल बिधार्थी संघ सर्लाहीले  गत चैत्र १४ गते बुझाएको ज्ञापन पत्र को सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले गरेको पत्राचार पछि हिजो इलाका प्रशासन कार्यालयको रोहवरमा सो निर्णय गरिएको हो । आन्दोलनरत नेपाल  बिधार्थी संघ सर्लाही, सार्वजनिक माइक्रो ब्यबसायी संघ सर्लाही, जनकपुर[Read More…]

जनकपुरमा निर्माणाधिन घरको छत खस्दा एक जनाको ज्यान गयो

लालबन्दी, १४ बैशाख – जनकपुरमा निर्माणाधिन घरको छतको खस्दा एक जनाको ज्यान गएको छ । आज बिहान निर्माणाधिन घरको छतको केही भाग खस्दा घर निर्माणमा संलग्न कामदार महोत्तरीको खुट्टा पिपरारी–४ का २१ वर्षका उमेश साहको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै शंकर साह घाइते भएका छन् ।जनकपुर उपमहानगरपालिका–८ बजरंग चोकका डा.विजय सिंहको १५ वटा सटर भएको घर निर्माणको क्रममा[Read More…]

ड्युको बोतल भित्र सर्प भेटियो

लालबन्दी, १४ बैशाख – मानव स्वास्थ्य माथि ठूलो खेलबाड हुने गरेको तथ्य फेरि एक पटक हामी माझ उजागर भएको छ । खाद्य क्षेत्रमा हुने गरेको स्वास्थ्यहीत विपरीत कार्यको पछिल्लो उदाहरण बनेको छ–सर्लाहीमा भेटिएको ड्युको बोतल भित्रको सर्प । बरुण वेभेरेज नेपाल प्रा.लि.द्वारा उत्पादित चिसो पिय पदार्थ माउन्टेन ड्युको बोतल भित्र सर्प जस्तो देखिने बस्तु भेटिएको हो । लामो आकारको सो[Read More…]