अन्तराष्ट्रिय खबर

पाकिस्तान बदला लिँदै …

पाकिस्तान बदला लिँदै …

लालबन्दि, कार्तिक १२ – भारतले दिल्ली स्थित पाकिस्तानी उच्चायोगका एककर्मचारीलाई भारत बिरुद्ध जासुसी गरेको आरोपमा ४८ घण्टाभित्र भारत छाड्न आदेश दिएको बदलामा पाकिस्तानले पनि इस्लामाबादस्थित भारतीय उच्चायोगमा कार्यरत एक भारतीय कुटनीतिज्ञलाई पनि देश छाड्न आदेश दिएको दि टाइम्स अफ इन्डियाले बताएको छ । पाकिस्तान सरकारले भारतीय उच्चायोगका कर्मचारी सुरजीत सिंहलाई देश छाड्न आदेश दिएको छ । सुरजीत सिंहलाई परिवारसमेत २९ अक्टुबरसम्ममा[Read More…]

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव रद्द गर्नुपर्ने बताए

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव रद्द गर्नुपर्ने बताए

अमेरिकी राष्ट्रपतिका रपब्लिकनतर्फका उमेद्वार डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव रद्द गर्नुपर्ने बताएका छन् । ड्रम्फले सुझाव दिँदै भनेका छन् यो चुनाव रद्द गर्नुपर्छ, हिलारी क्लिन्टनका पक्षमा लगातार प्रचारबाजी भएकाले पनि चुनाव रद्द गर्नुपर्ने बताएका छन् । उनले भनेका छन् ११ दिनअघि हाम्रो पार्टी रिपब्लिकन भोट माग्न जाँदा प्रहरीले दमन गर्नुका साथै हाम्रो ¥यालीमाथि पनि  आक्रमण गरेको समाचार इन्डेपेन्डेन्टले छापेको छ ।[Read More…]

गुगलले आज १८औं जन्मदिन मनाउँदै …

गुगलले आज १८औं जन्मदिन मनाउँदै …

लालबन्दि, असोज ११ – सर्च इन्जिन गुगलले आज आफ्नो १८औं जन्मदिन मनाउँदैछ । कम्पनीले आफ्नो जन्मदिनको अवसरमा डुडल पनि बनाएको छ । जसमा गुगलको जीले बेलुन फुकेर अरु अल्फाबेट बनाएको छ भने बेलुनसँगै गुगल पनि आकाशमा उडेको छ । गुगलले सेप्टेम्बर २७ तारिखलाई आफ्नो जन्मदिन भनेपनि अरु ६ वटा दिनमा पनि गुगलले आफ्नो जन्मदिन मनाएको छ । गुगल डट कम डोमेन[Read More…]

रोनाल्डोलाई चेतावनी

रोनाल्डोलाई चेतावनी

लालबन्दि, असोज १० – रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले कहिले काँही सबस्टिच्युड हुँदा त्यसलाई स्वीकार गर्नुपर्ने बताएका छन् । रोनाल्डो ला लिगा अन्तर्गत शनिबार राति भएको लास पालमससँगको खेलमा १८ मिनेट बाँकी हुँदा सबस्टिच्युड भएका थिए । प्रशिक्षक जिदानको यो निर्णमा रोनाल्डो बेखुसी देखिन्थे । यो खेलमा रियल मड्रिड २–२ को बराबरीमा रोकियो । ‘मलाई थाहा छ, उनी[Read More…]

रुसले गरेको कारबाही अभियानलाई अमेरिकाले बर्बरताको संज्ञा दियो …

रुसले गरेको कारबाही अभियानलाई अमेरिकाले बर्बरताको संज्ञा दियो …

लालबन्दि, असोज १० – सिरियामा रुसले गरेको कारबाही अभियानलाई अमेरिकाले बर्बरताको संज्ञा दिएको छ । रुसले सिरियामा गरिहेको कारबाही अभियान बिद्रोही विरुद्ध भन्दा पनि बर्बरता रहेको बताएको हो । सिरियामा भइरहेको युद्धका बारेमा छलफल गर्न बसेको संयुक्त राष्ट्रसंघको आकस्मिक बैठकमा राष्ट्रसंघका लागि अमेरिकी राजदूत समान्थ पावरले बिद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोको पूर्वी क्षेत्रमा रुसी तथा सिरियाली सेनाले हवाई तथा स्थल आक्रमण गरिरहेको[Read More…]

खेलाडीलाई कुटे दर्शकले, खेल रोकियो

खेलाडीलाई कुटे दर्शकले, खेल रोकियो

लालबन्दि, भाद्र २८ – इंग्ल्याण्डमा दर्शकले खेलाडीलाई कुटेपछि खेल रोकिएको छ । एफए वासको पहिलो चरणको छनौट अन्तर्गत वर्थिङ युनाटेडका खेलाडीलाई रंगशालमा रहेका एक दर्शकले कुटेपछि खेल रोकिएको हो । शनिबार राति पिसह्यावेनसँगको खेलको क्रममा ७० औं मिनेटमा एक दर्शकले वर्थिङ युनाइटेडका खेलाडीलाई कुटेका हुन् । सबसिच्युट भएर मैदानबाट बाहिर निस्किँदै गरेका खेलाडीलाई हिर्काउने २४ वर्षका व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले[Read More…]

फुटबल खेलाडीको खेलकै क्रममा निधन …

लालबन्दि, भाद्र २८ – फ्रान्समा एक फुटबल खेलाडीको खेलकै क्रममा निधन भएको छ । फ्रेन्च कप अन्तर्गत भएको खेलको क्रममा फ्रान्सको छैटौं डिभिजनको क्लब एजे विगुइयाका बेन इड्रिसा डर्मको निधन भएको हो । फ्रेन्च कपको तेस्रो चरण अन्तर्गत फुरिएनीसँगको खेलको दोस्रो हाफको क्रममा बेनलाई हृदयघात भएको थियो । मैदानमै लडेका उनलाई त्यहाँ रहेको मेडिकल टिमले उपचार गरेपनि बचाउन भने सकेन ।[Read More…]

अर्थमन्त्री लुइस भिदेगारेले दिए राजिनामा …

अर्थमन्त्री लुइस भिदेगारेले दिए राजिनामा …

लालबन्दि, भाद्र २३ – मेक्सिकोमा अमेरिकाका रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको भ्रमणलाइ लिएर देशभित्र चौतर्फी आलोचना भएपछि अर्थमन्त्री लुइस भिदेगारेले राजिनामा दिएको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । ट्रम्पको गतहप्ताको विवादास्पद मेक्सिको भ्रमण, ट्रम्प र राष्ट्रपति एनरिके पेना निटो बिचको भेटका मुख्य सुत्रधार तथा आयोजक अर्थमन्त्री भिदेगारे नै रहेको बताइएको छ । यो भ्रमणलाइ लिएर मेक्सिकोका संचारमाध्यम र सामाजिक संजालहरुमा चर्को[Read More…]

श्रीलंकालाई मलेरिया मुक्त देश घोषणा …

श्रीलंकालाई मलेरिया मुक्त देश घोषणा …

लालबन्दि, भाद्र २१ – विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले श्रीलंकालाई मलेरिया मुक्त देश घोषणा गरेको छ । डब्लुएचओले हिजो श्रीलंकालाई मलेरिया मुक्त भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो । डब्लुएचओका क्षेत्रीय निर्देशक पुनम खेत्रापाल सिंहले बिसौँ शताब्दीको मध्यतिर मलेरियाबाट अति प्रभावित श्रीलंका छोटो समयमा मलेरिया मुक्त हुनु उल्लेखनीय उपलब्धी भएको बताउनुभयो । पछिल्लो तीन वर्षमा श्रीलंकामा मलेरियाको कुनै संक्रमण फेला नपरेको डब्लुएचओको भनाई[Read More…]

बम विस्फोटमा परि कम्तिमा ४० जनाको ज्यान …

बम विस्फोटमा परि कम्तिमा ४० जनाको ज्यान …

लालबन्दि, भाद्र २१ – सिरियाको सरकार नियन्त्रित क्षेत्रमा भएको बम विस्फोटमा परि कम्तिमा ४० जनाको ज्यान गएको छ । होम्स, दमासकस, हासाकेह तथा टार्टोउसमा एक घण्टाको बिचमा भएको चार वटा बम बिस्फोटमा ४० जनाको ज्यान गएको सिरियाका सरकारी सञ्चार माध्यमले जनाएका छन् । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । हासाकेहमा भने कुर्दिस समूहले आक्रमण गरेको हो ।[Read More…]