अन्तराष्ट्रिय खबर

अस्पतालमा एचआइभी संक्रमित रगत बालकलाई दिइएको आरोप

लालबन्दी, बैशाख २९ – भारत असामको एक अस्पतालमा एचआइभी संक्रमित रगत बालकलाई दिइएका अभिभावकले आरोप लगाएका छन् । असामको कामरुप जिल्लाका सरकारी मेडिकल कलेजमा उपचारको क्रममा आफ्नो बच्चालाई एचआइभी संक्रमित रगत दिइएको र अहिले बच्चा एचआइभी संक्रमित भएको उनका बुवा आमाले आरोप लगाएका छन् । अस्पतालका सुपरिटेन्डेन्ट डा. बाबुल बेज बरुवाले बालकमा एचआइभी पोजेटिभ रहेको स्वीकार गरेका छन् । घटनाको[Read More…]

उत्तर कोरियाले आफ्नो देशको सार्वभौमसत्तामा खतरा नभए परमाणु हतियारको प्रयोग पनि नगर्ने

लालबन्दी, बैशाख २६ – उत्तर कोरियाले आफ्नो देशको सार्वभौमसत्तामा खतरा नभए परमाणु हतियारको प्रयोग पनि नगर्ने जनाएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसि एन एले नेता किम जोङ उनले आफ्नो देशले सार्वभौमसत्ताको रक्षाका लागि मात्रै परमाणु हतियार बनाउने र प्रयोग गर्ने गरेको बताएको उल्लेख गरेको छ । सर्वाभौम सत्तामा खतरा नभएको अवस्थामा परमाणु हतियार प्रयोग नर्गने नेता उनको[Read More…]

साउदीले निःशुल्क दश लाख भिसा जारी गर्‌यो, कार्यान्वयन नगर्नेलाई कडा कारबाही

लालबन्दी २२ बैशाख – साउदी अरेबियाले दशवटा कम्पनीका लागि दश लाख श्रम भिसा जारी गरेको छ । श्रम मन्त्रालयले प्रत्येक कम्पनीलाई एक लाखका दरले भिसा दिएको अरबी अखबार अल वाटनले जनाएको छ । गएको वर्षको अनुपातमा जारी भिसा सङ्ख्यामा ३० प्रतिशतले वृद्धि गरेको हो । त्यहाँको श्रम मन्त्रालयले निःशुल्क भिसाको नाममा हुने मानव तस्करी र व्यापार नियन्त्रण गर्न यो कदम[Read More…]

क्यानडाको एक शहरको पूरै बस्ती नै अन्यत्र सारिए

लालबन्दी २२ बैशाख – जंगलमा लागेको भीषण आगलागीका कारण क्यानडाको एक शहरको पूरै बस्ती नै अन्यत्र सारिएको छ । जंगलमा लागेको आगोका कारण क्यानडाको फोर्ट म्याकमुर्रे शहरका झण्डै ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको हो । जंगलमा लागेको आगोको मुश्लोले म्याकमुर्रेका धेरै घर ध्वस्त पारेको छ । अलबेर्टा प्रान्तको यो शहरको सडक जंगलको आगोका कारण उडेको खरानीले ढाकेको छ ।[Read More…]

उत्तर कोरियामा एक हप्तासम्म विवाह र अन्तिम संस्कार गर्न रोक

उत्तर कोरियामा एक हप्तासम्म विवाह र अन्तिम संस्कार गर्न रोक

लालबन्दी २१ बैशाख – उत्तर कोरियामा यस्ता तानाशाह छन्, जसको सम्मानमा जनता आफ्ना हातका छाला नउक्किएसम्म ताली बजाउँछन् । बाहिरी दुनियामा उत्तर कोरियाली नेता किम जोंग उनलाई राक्षसको संज्ञा दिइन्छ, तर देशभित्र उनलाई भगवान समान सम्मान दिइन्छ । उनै नेता किम जोंग उनको यही हप्ता राज्याभिषेक हुँदैछ, तर त्यसको प्रत्यक्ष असर भने जनतामाथि पर्ने निश्चित छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार राष्ट्रिय[Read More…]

उत्तर कोरियाको मिसाइल परीक्षणको जवाफ चाँडै दिने

लालबन्दी, १७ बैशाख – उत्तर कोरियाको मिसाइल परीक्षणको जवाफ चाँडै दिने तयारी भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्र संघको आग्रहलाई वेवास्ता गरेको भन्दै राष्ट्रसंघले उत्तर कोरियालाई चेतावनी दिँदै भनेको छ, ‘राष्ट्रसंघ उत्तर कोरियाको मिसाइल परीक्षणको जवाफ दिने अन्तिम तयारीमा छ ।’ उत्तर कोरियाले गरेको मिसाईल परीक्षण शान्ति भंग गर्ने हिंसात्मक गतिविधि भन्दै यसो नगर्न राष्ट्रसंघले पटक पटक आग्रह गर्दै आएको[Read More…]