राजनीति

निसाद उत्थान केन्द्रको गाउँ समिति चयन …

लालबन्दि, असोज २२ – सर्लाहीको भवानीपुर गाविसमा हिजो निसाद उत्थान केन्द्रको गाउँ समिति चयन गरिएको छ । स्थानीय निसाद जातिको भेलाले जमिरी मुखिया निसाद अध्यक्ष रहने गरी ११ सदस्यीय गाउँ समिति चयन गरेको हो । भेलाले समितिको उपाध्यक्षमा प्रभु मुखिया निसाद, सचिवमा दशरथ मुखिया निसाद, कोषाध्यक्षमा श्यामकिशोर सहनी निसाद लगायत अन्य सदस्य चयन गरेको छ । भेलाले काशीदेवी निसाद अध्यक्ष रहेको[Read More…]

विविध चाडपर्व एउटै सद्भाव भन्ने नाराका साथ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

लालबन्दि, असोज २२ – नेकपा एमाले नगर कमिटीले हिजो सर्लाहीको हरिवनमा विविध चाडपर्व एउटै सद्भाव भन्ने नाराका साथ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका नगर कमिटी अध्यक्ष चुडामणि वाग्लेको अध्यक्षता एवं केन्द्रीय सदस्य लक्ष्मण पौडेलको प्रमुख आतिथ्यतामा चर्तुर्भुजेश्वर महादेव मन्दिर सुखेपोखरीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका जिल्ला कमिटी अध्यक्ष रेवती पन्त, सचिव बेची लुंगेली, नेताहरु सुरेन्द्र[Read More…]

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको जीप दुर्घटनाले प्रधानमन्त्रि स्तब्ध …

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको जीप दुर्घटनाले प्रधानमन्त्रि स्तब्ध …

लालबन्दि, असोज १० – प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको त्रिशुली नदीमा जीप खसेर बेपत्ता भएको घटनाले आफू स्तब्ध भएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले ट्वीटरमार्फत घिमिरेको सवारी दुर्घटनामा परेको खबरले स्तब्ध भएको भन्दै खोजीका लागि प्रशासनलाई निर्देशन दिएको उहाँका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो । त्रिशुली नदीमा बेपत्ता घिमिरेसहित तीन जनाको खोजी गर्न सबै संयन्त्र परिचालन गर्न पनि[Read More…]

बृहत वडाभेला सम्पन्न …

लालबन्दि, असोज ०९ – नेपालि कांग्रेश लालबन्दि ७ को बृहत वडाभेला सम्पन्न भएको छ । वडा सभापति पुस्कर तिमल्सिनाको सभापतित्वमा सम्पन्न वडाभेला ले कार्यसमितिलाई पुर्णता दिएको छ । वडाभेला ले पुर्णता दिएको कार्यसमितिमा उप–सभापति जमुना आचार्य, सचिवमा अर्जुन न्यौपाने, सह–सचिबमा नृपध्वोज थापा र सदष्यहरुमा क्रमशः मोहन खपाङ्गि, रमा दाहाल, समिर घिमिरे, भिम बहादुर स्याङ्गतान लगाएत रहेका छन । भेलामा लालबन्दि नगर[Read More…]

तरुण दलको चौथो अधिवेशन मलगंवामा संपन्न …

लालबन्दि, भाद्र २८ – नेपाली काङगे्रको भातिृ सगंठन नेपाल तरुण दलको चौथो अधिवेशन सदरमुकाम मलगंवामा संपन्न भएको छ । उद्योग बाणिज्य संघ मलगंवाको रंगलाल स्मिृति भवनमा नेपाल तरुण दल सर्लाहीको आयोजनामा भएको अधिवेशनमा विभिन्न पदाधिकारीहरु सर्वसहमतिबाट  चयन गरीएको हो । अधिवेशनमा सभापति पदमा अनिल सिंह, उपाध्यक्षमा राजेश साह , सचिवमा मरु राय त्यस्तै समावेसी महाधिवेशन प्रतिनिधी अरुन प्रताप कुमार सिंह,मधेशीमा[Read More…]

बिपी जयन्ती मा २५० वटा बिरुवा रोपियो …

बिपी जयन्ती मा २५० वटा बिरुवा रोपियो …

लालबन्दि, भाद्र २५ – नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०२ औँ जन्मजयन्ती हिजो भव्यताका साथ मनाईएको छ । कोइराला पहिलो जननिर्वा्चित प्रधानमन्त्रीसमेत हुन् । नेपाली कांग्रेस तथा नेपाली साहित्यकारहरुले देश र विदेशमा विभिन्न कार्यक्रमका साथ कोइरालालाई सम्झदैछन् । पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली[Read More…]

भारतिय निजि कम्पनि जिएमआर सँग भएको अपर सम्झौता खारेज गर्नुपर्ने भन्दै ¥यालि

भारतिय निजि कम्पनि जिएमआर सँग भएको अपर सम्झौता खारेज गर्नुपर्ने भन्दै ¥यालि

लालबन्दि, भाद्र २५ – नेकपा क्रान्तीकारी माओवादीको जिल्ला समीती सर्लाहीले हिजो दिउँसो भारतिय निजि कम्पनि जिएमआर सँग भएको अपर सम्झौता खारेज गर्नुपर्ने भन्दै ¥यालि नीकालेको छ । हिजो दिउँसो १ंः०० बजे लालबन्दीको डुमडुमे मन्दिर परिशरबाट नीकालीएको ¥यालि नगरपालीका भवन हुँदै  मरिण जाने बाटोमा पुगेर कोण सभामा परिण भएको थियो । भारतीय निजी कम्पनी जि एम आर सँग माथिल्लो कर्णाली सम्झौता खारेज[Read More…]

अर्थमन्त्री लुइस भिदेगारेले दिए राजिनामा …

अर्थमन्त्री लुइस भिदेगारेले दिए राजिनामा …

लालबन्दि, भाद्र २३ – मेक्सिकोमा अमेरिकाका रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको भ्रमणलाइ लिएर देशभित्र चौतर्फी आलोचना भएपछि अर्थमन्त्री लुइस भिदेगारेले राजिनामा दिएको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । ट्रम्पको गतहप्ताको विवादास्पद मेक्सिको भ्रमण, ट्रम्प र राष्ट्रपति एनरिके पेना निटो बिचको भेटका मुख्य सुत्रधार तथा आयोजक अर्थमन्त्री भिदेगारे नै रहेको बताइएको छ । यो भ्रमणलाइ लिएर मेक्सिकोका संचारमाध्यम र सामाजिक संजालहरुमा चर्को[Read More…]

भारत भ्रमणमा कुनै नयाँ सम्झौता नहुने : प्रचण्ड

भारत भ्रमणमा कुनै नयाँ सम्झौता नहुने : प्रचण्ड

लालबन्दि, भाद्र २३ – प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा कुनै नयाँ सम्झौता नहुने बरु विगतमा भएका सहमति समझौताको कार्यान्वयनमा जोड दिने बताएका छन् । भारत भ्रमणबारे पूर्वपरराष्ट्रमन्त्री र कूटनीतिकज्ञहरुसँग हिजो सल्लाह सुझाव लिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा खासै नयाँ विषयमा छलफल नहुने बताएका हुन । यसपटक नयाँ सम्झौता गर्नुभन्दा पुराना सम्झौता प्रभावकारी कार्यान्वयनको पक्षमा आफू रहेको उनले बताए ।[Read More…]

सिंहदरवारमा पत्रकारलाई प्रवेश निषेध …

सिंहदरवारमा पत्रकारलाई प्रवेश निषेध …

लालबन्दि, भाद्र २१ – प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रेस पासका आधारमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सूचना विभागको कार्ड देखाएर प्रवेश पाइने प्रधानमन्त्री कार्यालयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेलगत्तै प्रेसलाई प्रवेश निषेध गरिएको हो । दाहालको कार्यकालमा प्रधानमन्त्री कार्यालय प्रवेशका लागि सोही कार्यालयका कुनै न कुनै कर्मचारीको तोक नलगाई पस्न नपाउने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीको नयाँ नीति[Read More…]