राष्ट्रिय खबर

स्कुटर मर्यो

स्कुटर मर्यो

लालबन्दी, ०२ ज्येष्ठ – विश्वको सबैभन्दा बढी उमेरसम्म बाँचेको बिरालोको मरेको छ । स्कुटर नाम दिइएको बिरालोले गएको मार्च २६ तारिखमा आफ्नो ३० औँ जन्मदिन मनाएको थियो । बिरालो पाल्ने गेल फ्लाएडका अनुसार गिनिज बुकले सबैभन्दा बढी उमेर बाँच्ने बिरालोको उपाधि दिनु अघि बिरालो मरिसकेको थियो । स्थानीय पशु चिकित्सक डा. ट्रिशिया लातिमेरले यो बिरालो जति समय बाच्यो त्यो मानिसको[Read More…]

दाङको स्यूजा गाविसको भवनमा १४ वटा सकेट बम फेला

लालबन्दी, बैशाख २९ – दाङको स्यूजा गाविसको भवनमा १४ वटा सकेट बम फेला परेको छ । स्यूजाको बोजपोखरामा रहेको गाविस भवनको एक कोठामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कोठा सफा गर्ने क्रममा सकेट बमसहित माओवादीका ब्यानरहरु पनि फेला परेका छन् । टिनकोे बाकसभित्र राखिएको अवस्थामा बम र ब्यानर फेला परेको हुन् । द्वन्द्वका समयमा माओवादी[Read More…]

एनसेलले कर बापतको झण्डै १० अर्ब रुपैया बुझायो

लालबन्दी, बैशाख २६ – निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक एनसेलले पुँजीगत लाभकर बापतको झण्डै १० अर्ब रुपैया बुझाएको छ । एनसेलले आज कर बापतको ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० रुपैयाँ ठुला कर दाता कार्यालयमा दाखिला गरेको आन्तरिक राजश्व कार्यालयका महानिर्देशक चुडामणी शर्माले जानकारी दिनुभयो । स्वीडेनमा मुख्य कार्यालय रहेको कम्पनी टेलिया सोनेराले एनसेलको स्वामित्व मलेशियाको[Read More…]

मंसिरमा स्थानीय निकायको चुनाव गर्ने सरकारको घोषणा

लालबन्दी, बैशाख २६ – सरकारले मंसिरमा स्थानीय निकायको चुनाव गर्ने भएको छ । सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा मंसिरमा स्थानीय निकायको चुनाव हुने उल्लेख छ । सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्या भण्डारीले मंसिरमा स्थानीय निकायको चुनाव हुने घोषणा गर्नुभयो । २०५६ सालदेखि स्थानीय निकायको चुनाव हुन सकेको छैन । प्रधानमन्त्रीले यसअघि नै सरकाले कात्तिक-मंसिरमा स्थानीय[Read More…]

धरहरा तीन वर्षभित्र बनाइने

धरहरा तीन वर्षभित्र बनाइने

लालबन्दी, वैशाख २६– सरकारले भूकम्पले ढलेको धरहरा बनाउन आफ्नो धरहरा आफैं बनाउन अभियान सुरु गर्ने भएको छ । सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्या भण्डारीले आफ्नो धरहरा आफैं बनाउ अभियान सञ्चालन गरेर ३ वर्षभित्र धरहरा बनाउने उल्लेख गर्नुभयो । सरकाले यस अघि नै मेरो धरहरा म बनाउछु अभियान थालेको छ । धरहरा बनाउने अभियानमा सहयोग गर्न नागरिकलाई[Read More…]

एलडिओलाई दुर्व्यवहार गरेको आरोपमा गाविस सचिव पक्राउ

लालबन्दी, बैशाख २६ -बाराका स्थानीय विकास अधिकारी नारायणप्रसाद पाण्डेमाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक जना गाविस सचिवलाई पक्राउ गरेको छ । गाविस सचिव रामानन्द रौनियारलाई प्रहरीले जिल्ला विकास समिति बाराको कार्यालय परिसरबाटै पक्राउ गरेको हो । जिल्ला विकास समिति बाराले बेनौली गाविसबाट अन्यत्र सरुवा गरेपछि स्थानीयबासिन्दालाई उचालेर गाविस सचिव रौनियारले स्थानीय विकास अधिकारी पाण्डे माथि दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ[Read More…]

सरकार आफैँले ९ हजार ४६ मेगावाट क्षमताका २१० आयोजना ओगटेको

सरकार आफैँले ९ हजार ४६ मेगावाट क्षमताका २१० आयोजना ओगटेको

लालबन्दी, २४ बैशाख – मुलुकले चरम ऊर्जा संकट झेलिरहेको बेला सरकार आफैँले ९ हजार ४६ मेगावाट क्षमताका २१० आयोजना ओगटेको पाइएको छ । ऊर्जा मन्त्रालयले न्यूनतम १ देखि १ हजार ११० मेगावट क्षमताका आयोजना ‘रिजर्भ’ गरेर सरकारी बास्केटमा राखेको जनाईएको छ । आयोजनामा सरकार आफैँले पनि लगानी गरेको छैन भने आर्थिक एवं प्राविधिक हैसियत भएका स्वदेशी तथा विदेशी प्रवर्द्वकलाई विद्युत्[Read More…]

भूकम्पपीडतको घर निर्माणका लागि शुक्रबारबाट अनुदान वितरण

सिन्धुलीमा भूकम्पपछिको आवास निर्माणका लागि अनुदान वितरण प्रक्रिया शुक्रबारदेखि पुनः सुरु हुने भएको छ । आवास निर्माणका लागि अहिले जिल्लामा ४९ जना इन्जिनियरको टोली गईसकेकाले आजदेखि एक गाविसबाहेक अन्य गाविसमा आवास निर्माणका लागि अनुदान वितरण प्रक्रिया सुरु हुने भएको हो । अस्ती बुधबार बेलुकासम्ममा हाजिर हुन आएका ४९ जना इन्जिनियरलाई गाविसको जिम्मेवारी तोकिएको र आज सम्बन्धित गाविसमा गई आवास निर्माणका[Read More…]

फोरम लोकतान्त्रिकको अध्यक्षमा गच्छदार निर्विरोध निर्वाचित

फोरम लोकतान्त्रिकको अध्यक्षमा गच्छदार निर्विरोध निर्वाचित

लालबन्दी २२ बैशाख – मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको अध्यक्षमा विजयकुमार गच्छदार निर्विरोध निर्वाचित हुनुभएको छ । विराटनगरमा भैरहेको पार्टीको पहिलो महाधिवेशनबाट उहाँ फेरि अध्यक्षमा निर्वाचित हुनुभएको हो । २०६६ सालमा फोरम नेपालबाट पार्टी टुक्र्याएपछि गच्छदारले नै अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । अध्यक्ष निर्विरोध भएपनि आकांक्षी बढी भएपछि ४२ जना केन्द्रिय सदस्यका लागि भने चुनाव हुने भएको छ ।[Read More…]

१० वर्षकै उमेरमा पुलिस कमिस्नर बनेका गिरीशको निधन

१० वर्षकै उमेरमा पुलिस कमिस्नर बनेका गिरीशको निधन

लालबन्दी २१ बैशाख – १० वर्षकै उमेरमा पुलिस कमिस्नर बनेका गिरीश शर्माको निधन भएको छ । दुबै मृगौला फेल भएका गिरीशको मंगलबार उपचारका क्रममा दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् । हरियाणास्थित सिरसा निवासी शर्माको ‘पुलिस कमिश्नर’ बन्ने ठूलो सपना थियो। ‘मेक अ विश’ फाउण्डेशनको सहयोगमा गत वर्ष गिरीशलाई एक दिनका लागि जयपुरको पुलिस कमिश्नर बन्ने मौका मिलेको थियो । गिरीश[Read More…]