राष्ट्रिय खबर

फोरम लोकतान्त्रिकको अध्यक्षमा गच्छदार निर्विरोध निर्वाचित

फोरम लोकतान्त्रिकको अध्यक्षमा गच्छदार निर्विरोध निर्वाचित

लालबन्दी २२ बैशाख – मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको अध्यक्षमा विजयकुमार गच्छदार निर्विरोध निर्वाचित हुनुभएको छ । विराटनगरमा भैरहेको पार्टीको पहिलो महाधिवेशनबाट उहाँ फेरि अध्यक्षमा निर्वाचित हुनुभएको हो । २०६६ सालमा फोरम नेपालबाट पार्टी टुक्र्याएपछि गच्छदारले नै अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । अध्यक्ष निर्विरोध भएपनि आकांक्षी बढी भएपछि ४२ जना केन्द्रिय सदस्यका लागि भने चुनाव हुने भएको छ ।[Read More…]

१० वर्षकै उमेरमा पुलिस कमिस्नर बनेका गिरीशको निधन

१० वर्षकै उमेरमा पुलिस कमिस्नर बनेका गिरीशको निधन

लालबन्दी २१ बैशाख – १० वर्षकै उमेरमा पुलिस कमिस्नर बनेका गिरीश शर्माको निधन भएको छ । दुबै मृगौला फेल भएका गिरीशको मंगलबार उपचारका क्रममा दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् । हरियाणास्थित सिरसा निवासी शर्माको ‘पुलिस कमिश्नर’ बन्ने ठूलो सपना थियो। ‘मेक अ विश’ फाउण्डेशनको सहयोगमा गत वर्ष गिरीशलाई एक दिनका लागि जयपुरको पुलिस कमिश्नर बन्ने मौका मिलेको थियो । गिरीश[Read More…]

भाइलाई बलात्कार गरेको आरोपमा दाइ जेल

लालबन्दी २१ बैशाख – पाँच वर्षे भाइसँग अप्राकृतिक यौन सम्बन्ध राखेको आरोपमा रामेछापका एक युवकलाई जिल्ला अदालत रामेछापले पुर्पक्षको लागि कारागार चलान गरेको छ । न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले पुरानागाउँ गाविस ९ का १८ वर्षका सुव्वा भन्ने विवेद बिकलाई वालयौन दुराचार र जर्वजस्ती करणी अन्तर्गतको मुद्दामा कारागार चलान गरेको हो । बिकले भाइ नाता पर्ने ५ वर्षे बालकसँग जवर्जस्ती अप्राकृतिक[Read More…]

ओलीको संसदमा प्रभावकारी ढंगले पेश हुन आफ्ना सांसद सदस्यहरुलाई निर्देशन

लालबन्दी २१ बैशाख – प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा प्रभावकारी ढंगले पेश हुन आफ्ना सांसद सदस्यहरुलाई निर्देशन दिनुभएको छ । आज बसेको एमाले संसदीय दलको बैठकमा उहाँले विपक्षी दलले देखाउने गतिविधिको सामना गर्न तयार हुन आग्रह पनि गर्नुभयो । मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा सरकारको आलोचना गर्ने र सरकारको विरोधमा सशक्त ढंगले प्रस्तुत[Read More…]

व्यवस्थापिका संसदको बर्खे अधिवेशनसुरु भएको

लालबन्दी २१ बैशाख – व्यवस्थापिका संसदको बर्खे अधिवेशनसुरु भएको छ । सभामुख ओनसरी घर्ती मगरले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि बजेट अधिवेशन सुरु भएको हो । योसँगै भोली बिहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको छ । भोली र पर्सि बैठकमा समसामयीक विषयमा छलफल गर्ने कार्यसूची तय भएको छ । यस्तै शुक्रबार र शनिबार बजेटअघिको छलफल हुनेछ । आउँदो आइतबारको[Read More…]

विश्व युद्ध लडेका वीर योद्धा चन्द्रसिंहले नवलपरासीबाट प्रतिलिपि नागरिकता लिए

लालबन्दी २१ बैशाख – दोस्रो विश्व युद्ध लडेका वीर योद्धा चन्द्रसिंह गुरुङले नवलपरासीबाट प्रतिलिपि नागरिकता लिएका छन् । नवलपरासीको नर्सही–४ घर भएका गुरुङले १०९ वर्षको उमेरमा प्रतिलिपि नागरिकता लिएका हुन् । गुरुङ नवलपरासी घर भएका दोस्रो विश्व युद्धको वीर योद्धा हुन् । विश्व युद्धमा इराकसम्म पुगेका चन्द्रसिंह गुरुङले आफूलाई स्याहारसुसार गर्ने बुहारीलाई अंश दिन तथा अन्य कामका लागि प्रतिलिपि नागरिकता लिनुपरेको[Read More…]

मट्टितेल खन्याएर र घाँटी रेटेरे हत्या

लालबन्दी २१ बैशाख – आफ्नै श्रीमतीको शरिरमा मट्टितेल खन्याई आगो लगाएर हत्या गरेको आरोपमा दैलेख रातोमाटे–१ बस्ने राजु नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालीले गत वैशाख १५ गते आफ्नै १९ वर्षीया श्रीमती अनिशा नेपालीको शरीरमा मट्टितेल खन्याई आगो लगाएका थिए । जलेर गम्भीर घाइते भएकी अनिशालाई स्थानीय अस्पताल हुँदै वैशाख १७ गते थप उपचारको लागी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं लगिएकोमा[Read More…]

सूचनामा नागरिकको पहुँच मौलिक हकको प्रत्याभूति भन्ने नाराकासाथ बिश्व प्रेश स्वतन्त्रता दिवश मनाईंदै

लालबन्दी २१ बैशाख – विश्व प्रेस स्वतन्त्रता दिवस आज सूचनामा नागरिकको पहुँच मौलिक हकको प्रत्याभूति भन्ने नाराकासाथ मनाईंदै छ । विश्वका एक सय भन्दा धेरै राष्ट्रले हरेक वर्षको मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरेका छन् । नेपालमा प्रेस स्वतन्त्रतालाई संवैधानिक रुपमा नै सुनिश्चित गरिएको छ । तर संवैधानिक रुपमा प्रत्याभूत गरे पनि पूर्ण रुपमा अनुभूति हुन[Read More…]

अन्तर पार्टी महिला सञ्जालको राजदूत नियुक्तिका लागि सिफारिस सच्याउन माग

लालबन्दी, १७ बैशाख – अन्तर पार्टी महिला सञ्जालले संविधानको मर्म र भावन विपरित सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरेको छ  आज रिपोर्टस क्लबमा भएको कार्यक्रममा सञ्जालले भर्खरै जारी भएको संविधानको मौलिक हकको धारा ३८ को उपधार ४ मा रहेको राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशि सिद्धान्तको आधारमा सहभागी हुने हक हुने छ भन्ने ब्यवस्थाको विपरित[Read More…]

सुख्खा बन्दरगाहको विषयलाई लिएर नाका बन्द गर्दै हिँड्ने चार जना पक्राउ

लालबन्दी, १७ बैशाख – रसुवाको टिमुरेमा निर्माण हुन लागेका सुख्खा बन्दरगाहको विषयलाई लिएर नाका बन्द गर्दै हिँड्ने चार जना पक्राउ परेका छन् ।  सरकारी जग्गाको उचित उपयोग गर्नुको साटो व्यक्तिगत जग्गा अधिकरण गरेर विस्थापित गर्न खोजेको भन्दै आज देखि स्थानीय बासिन्दाले अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् । बन्दका कारण चीनबाट नेपाल भित्रने तथा चीन प्रवेश गर्ने सवारी साधन चल्न सकेका छैनन्[Read More…]