सर्लाही बिशेष

धान सुक्न थालेपछि सर्लाहीका किसानहरु चिन्तीत …

धान सुक्न थालेपछि सर्लाहीका किसानहरु चिन्तीत …

लालबन्दि, भाद्र ०४ – खडेरीले धान सुक्न थालेपछि सर्लाहीका किसानहरु चिन्तीत हुन थालेका छन् । यस वर्ष पोहोर परारको भन्दा धेरै धान रोपीएको तराइमा अहिले रोपो सुक्न थालेको छ । यतिबेला धान हरियो भई गाज हाल्ने बेला भएपनी पानी नपर्दा सुकेर मर्न थालेका किसानहरुको गुनासो छ । एक साता देखी पानी पर्न छाडेपछि धान पहेलो भईसकेको उनीहरु बताउछन् । बागमति सींचाई[Read More…]

लालबन्दिमा १० गत्ते सम्म चल्ने महायज्ञको सांशद शम्भुलाल श्रेष्ठले गरे उद्घाटन

लालबन्दिमा १० गत्ते सम्म चल्ने महायज्ञको सांशद शम्भुलाल श्रेष्ठले गरे उद्घाटन

लालबन्दि, भाद्र ०३ – लालबन्दिमा हिजोबाट धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ आरम्भ भएको छ । सर्लाहिको लालबन्दि स्थित डुमडुमे मन्दिर परिशरमा निर्माण गरिएको राधाकृष्ण मन्दिरमा मूर्ति स्थापना तथा धर्मशाला निर्माण गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको हो । हिजो एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । महायज्ञ मुल आयोजक समितिका अध्यक्ष बासुदेव आधिकारिको सभापतित्वमा भएको उद्घाटन कार्यक्रम मा सर्लाही क्षेत्र नम्बर १[Read More…]

युवाहरुले वृक्षारोपण गरे …

लालबन्दि, श्रावण ३१ – लालबन्दी बजारमा हिजो बिहान वृक्षारोपण गरिएको छ । लालबन्दीको पश्चिम बसपार्क, पूर्व बसपार्क र दुर्गा मन्दिर जाने बाटोमा वृक्षारोपण गरिएको हो । लायन्स क्लब अफ लालबन्दी सिटी र लियो क्लब अफ लालबन्दी सिटीमा आवद्ध युवाहरुले वृक्षारोपण गरेका हुन् । वातावरण संरक्षण गर्ने उदेश्यले एक घर दुई विरुवा भन्ने अभियान अन्तर्गत वृक्षारोपण गरिएको लायन्स क्लब अफ लालबन्दी सिटीका[Read More…]

सुकुम्वासी संघ सर्लाहीको नयाँ नेतृत्व चयन …

लालबन्दि, श्रावण ३१ – मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी सुकुम्वासी संघ सर्लाहीको नयाँ नेतृत्व चयन गरिएको छ । महादेव जनता उच्च माध्यमिक विद्यालय हरिवनमा हिजो भएको भेलाले हरिलाल गोले अध्यक्ष रहेको १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । भेलामा पार्टीका पोलिट ब्यूरो सदस्य कृष्णदेव सिंह दनुवार, केन्द्रीय सदस्य विदुर प्रसाद खरेल, जिल्ला सेक्रेटरी बलराम[Read More…]

हरिवन नगरपालीका सर्लाहिको दाश्रो पुर्ण खोपयुक्त नगर घोषित …

लालबन्दि, श्रावण ३१ – सर्लाहीको हरिवनलाई हिजो जिल्लाको दोस्रो पूर्णखोपयुक्त नगर घोषणा गरिएको छ । हरिवन नगरपालिकाका कार्यकारी अधिकृत यादवप्रसाद सापकोटाको अध्यक्षता एवं स्थानीय विकास अधिकारी राजकिशोर महतोको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । पूर्णखोपयुक्त नगर घोषणा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख इन्द्रप्रसाद यादव, राजनीतिक दलका नेता, वुद्धिजीवी, समाजसेवी, महिला नेतृ लगायतले मन्तव्य राखेका थिए । हरिवन नगरपालिका भित्र पर्ने[Read More…]

संचारकर्मीहरु सम्मानित  …

संचारकर्मीहरु सम्मानित …

लालबन्दि, श्रावण २६ – लालबन्दीमा रहेको आत्मा ज्ञान  प्रचार संघले मङ्गलबार जिल्लाको बिभिन्न रेडियोमा कार्यरत ९ जना संचार कर्मीहरुलाई सम्मान गरेको छ । सान्तीका दुत प्रेमरावतको प्रवचन समेटीएको कार्यक्रम उमंग प्रासारण गरि शान्ती कायम गर्न निकै नै मदत गरेको भन्दै रेडियो कर्मीहरुलाई सम्मान गरिशएको हो । लालबन्दी नगरपालिका ५ मा रहेको संघको आफ्नै भवनमा एक कार्यक्रमका बिच मायाको चिनो प्रदान गरि संञ्चार[Read More…]

आदिवासि संघद्वारा नयाँ संबिधानमा आदिवासिको हक–अधिकार नसमेटेको प्रति आपत्ति प्रकट

लालबन्दि, श्रावण २६ – मङ्गलबार २२ औ बिश्व आदिवासी दिवस सर्लाही सहित देशै भर विभीन्न कार्यक्रम गरि मनाईएको छ । शिक्षामा आदिबासीको अधिकार भन्ने नारा सहित २२ औ बिश्व आदिवासी दिवस मनाइएको हो । दिवसका अवसरमा बिश्व आदि बासी जनजाती महासंघ सर्लाहीकोे आयोजनामा हरिऔनमा कार्यक्रम गरिएको थियो । हरिऔन नगरपालिका ११ बासाटोलमा रहेको सांघे छोइलीङ बौद्ध गुम्बामा आदिवासी जनाजातीको भेषभुषा र[Read More…]

किसानका लागी लालबन्दिमा तरकारि बजार सहज रहेकाले किसानहरु तरकारि खेतीमा आकर्षित हुँदै

लालबन्दि, श्रावण २५ –  कृषी उपज क्षेत्र मानीने सर्लाहीको लालबन्दीबाट गत आर्थीक बर्ष २०७२/७३ मा ७१ करोड ४० लाख मुल्य बराबरको तरकारी निकास भएको छ । एक वर्षको अवधिमा देशका विभिन्न शहरहरुमा ७१ करोड ४० लाख बराबरको तरकारी निकासी भएको हो । कीसानहरुले बिक्रीका लागी ल्याएका तरकारी बिक्री गर्दा मुल्यमा समस्या नआओस भनेर केही हप्ता अघि देखी फ्यासबोर्ड पनी सञ्चालनमा[Read More…]

पाँच वटा मोटरसाइकल बरामद …

लालबन्दि, श्रावण २३ – प्रहरीले बरहथवाबाट अवैद्य कपडासहित पाँच वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । सर्लाहिको बरहथवा नगरपालिका–१० सीतापुर चोकमा ८० हजार मूल्य बराबरको अवैद्य कपडासहित पाँच वटा मोटरसाइकल बरामद गरेको हो । भारतबाट भन्सार छलेर लुकाई छिपाई कपडा ल्याउँदै गरेका तस्करहरु भने मोटरसाइकल छाडेर फरार भएका ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो । प्रहरी निरीक्षक लम्साल[Read More…]

दुई किलो गाँजा सहित एक भारतीय नागरिक पक्राउ …

लालबन्दि, श्रावण २३ – दुई किलो लागु औषध गाँजा सहित सर्लाहीको नेत्रगञ्ज ६ नवलपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सीतामढीका ७० वर्षे वृद्ध रामबृज महतो रहेका छन् । महतोलाई नवलपुरबाट मलंगवा जान खोज्दा शंका लागि चेकजाँच गर्ने क्रममा हिजो दिउँसो सवा दुई बजे गाँजा सहित पक्राउ गरिएको हो । सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दी र[Read More…]